नेपाल इन्जिनियर एशोसिएसनको ६१औं स्थापना दिवसको अवसर पारेर इटहरीमा भ्यालुयर्सका क्षेत्रमा आवद्ध इन्जिनियरहरुलाई अझ दक्षता प्रदान गर्ने उद्धेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरियो ।

लायन्स क्लव अफ इटहरी प्रोफेसनको आयोजनामा भ्यालुयर्सका क्षेत्रमा काम गर्दै आएका इन्जिनियरहरुलाई सहज रुपमा काम गर्न सहयोग पुर्याउने उद्धेश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षण कार्यक्रममा भ्यालुयर्सका क्षेत्रमा लामो समयको अनुभव भएका आमोद राज आचार्य , सुमन तिम्सिनाले सहजिकरण गरिहेका छन । भ्यालुयर्स पेशाका विभिन्न पक्षका  विषयका आचार्य र तिम्सिनाले सहजिकरण गरेको कार्यक्रमको अध्यक्षता लायन्स क्लव अर्फ इटहरी प्रोफेसनका अध्यक्ष नुतनराज लुइटेलको अध्यक्षतामा भएको थियो । प्रशिक्षणमा सुनसरी ,मोरग, झापा सहित अन्य जिल्लाका करिव ५० जना इन्जिनियरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लान्यस क्लवका लोकेन्द्र ढकाल , मिसन पराजुल लगायतका अतिथीहरुको समेत सहभागिता रहेको थियो ।