अपांगता समाज,मिलीजुली समुह धरान र द लेप्रोसी मिसन  नेपाल  विराटनगर विच धरानमा वैठक वसी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

लामो समय देखी आनन्द अस्पताल  सञ्चालन गरी निशुल्क कुष्ठ रोगको उपचार गराउदै आएको द लेप्रोसी  मीसन नेपालले  अपांगता भएका व्याक्तिहरुलाई रुची अनुसारको सिप सीकाई रोजगार प्रदान गर्दै आएको छ । सत्र सय भन्दा वढि  अपांगता भएको धरानका गाउ गाउ वाट अपांगता भएका व्याक्तिहरुलाई समाजमा घुलमिल गराउने घर वाहिर निस्कने अवसर दिइ राज्य सम्म पुर्याउने काम द लेप्रोेसी नेपाल जस्तो संघसंस्थाले गरेको सहभागीहरुले छलफलमा उठान गरेका थिए । द लेप्रोसी मिसन नेपालले अपांगता भएका व्याक्तिहरुलाई सीप सीकाए पछि आफैले तिन महिना सम्मको तलव पन्द्र हजारको दरले दिएर कम्पनीमा रोजगार गराउदै आएको साथै कसैलाई व्यापार गर्न चाहेमा पचास,साठी हजार सम्मको आर्थीक सहयोग गर्दै आएको द लेप्रोसी मिसन नेपालका प्रवन्धक विपीन दासले जानकारी गरए ।

मीलीजुली समुहको अध्यक्ष संजिव कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगर सदस्य धुर्व कुमार राईले अपांगता भएका हरेक व्याक्तिहरुलाई सक्षम र आत्मानिर्भर वनाउने आफ्नो इक्षा रहेको बताए ।