मोरङ । मोरङको बुढीगंगा गाँउपालिकाले परम्वपरा गत धर्म संस्कृति जर्गेणा गर्न गाउपालिका क्षेत्रमा रहेका १७ वटा समुहहरुलाई विभिन्न वाजागाजाहरु वितरण गरेको छ । गाउपालिका परिषदमा लामो समयदेखि संस्कृति जोगाउ अभियानमा लागेका समुहहरुलाई मनोरंजन प्रदान नर्ग ५ लाख रुपैया बरावरको वाद्यवादन सामाग्रीहरु वितरण गरेको हो । नयाँ पुस्ताहरुले पनि सिक्नु पर्ने भएकाले यी समुहहरुलाई धर्म सस्कृति संरक्षणमा सहयोग पुर्याउने उद्येश्यले यस्ता सामागृहरु वितरण गरिएको गाउपालिकाले जनाएको छ ।   गाँउपालिकाका अध्यक्ष जीत नारायण थापामगरले सोही गाँउपालिकामा रहेका ती समूहलाई वाद्यवादनका सामग्रीहरु वितरण गर्दै आवश्यक्ता अनुसार अगामी दिनमा अझ थप सामाग्री दिइने बताए । वितरण गरिएको सामग्रीमा हारमोनियम, मादल, ढोलक, झ्याम्टा, खैजेडी, स्पीकर, एम्प्लीफायर लगायतका सामग्रीहरु रहेका छन् । 

विकास निर्माणका साथै कृषि औजारहरु वितरण गर्दै आएको गाउपालिकाले धर्म र संस्कृति जोगाउनको लागि यस्ता समुहहरुलाई पनि सहयोग गर्न सुरु गरेको जनाएको छ ।