हिमालय एअरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन सेवा सुरु गरेको छ । यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सको वेबसाइट मा गएर टिकट बुकिङ गर्न सकिने छ ।

यो सुविधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुने हिमालयन एयरलाइन्सले जनाएको छ भने सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि ईसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी समेत गर्न सक्नेछन् ।

यसका साथै टिकटको मूल्य खोजी, रिफन्ड रिक्वेस्ट, बुकिङ्ग व्यवस्थापनसहित अन्य सेवाहरूको पनि उपभोग गर्न सकिने एयरलाइन्सले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिएको छ ।