अभिनेता पल शाहले आफूमाथि अझै ’बलात्कारी’को आरोप लाग्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

कान्तिपुर टेलिभिजनको अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टीकाटिप्पणी हुन थालेपछि पलले यस्तो गुनासो गरेका हुन्।आफूले कानुन अनुसार ’सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरे।सोमबार राति फेसबुकबाट उनले भनेका छन्, “मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?“पलले अदालतबाट ’सफाइ’ पाइसकेपछि पनि निधारमा ’म बलात्कारी हुँ’ लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका छन् ।

“मलाई पल शाह बनाएको तपाईँहरूले हो । यस कारण म प्रश्न पनि तपाईँहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौँ ? कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?,“ उनले भनेकाछन् ।