अतिबिपन्न, अनाथ, असाय र दैविक बिपत्तीमा परेका जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्धेश्यले पाँचथरको कुम्मायकमा रहेको खाल्डे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । कुम्मायक गाउँपालिका वडा नम्बर १का बसन्तकुमार चाम्लिङले एक लाख ८ हजार १सय रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन । अक्षयकोषका दाता बसन्त र उनकी श्रीमती भद्रमाया चाम्लिङले विद्यालयलाई अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरेका छन । चाम्लिङ दम्पतीले हस्तान्तरण गरेको रकमको ब्याजले विद्यालयमा अध्ययन गर्ने अति विपन्न, अनाथ , असहाय , जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने गरी रकम हस्तान्तरण गरेको अक्षयकोषको रकमदाता चाम्लिङले जानकारी दिए । बाइट ः वसन्तकुमार चाम्लिङ दाता कुम्मायक १ पाँचथर

यस अघि पनि स्वर्गीय खम्बसिं पौडेलको नाममा अक्षयकोषका लागि   विद्यालयलाई पौडेल परिवारले १ लाख ५१ हजार रुपैयाँ उपलव्ध गराएका थिए । चाम्लिङ दम्पतीले उपलव्ध गराएको समेत गरेर विद्यालयको अक्षयकोषमा  २ लाख ५९ हजार १ रुपैयाँ पुगेको विद्यालयकी नि.प्र.अ गिता खड्काले बताइन् । सोही कार्याक्रममा सेवा निमित्त प्रध्यानाध्यापक एगेन्द्र बहादुर खड्काको विदाई समेत गरियो । अवकास प्राप्त प्रअ खड्काले पनि विद्यालयको अक्षयकोषका लागि रकम उपलव्ध गराउने प्रतिवद्धता जनाए । कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक पौडेल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।