इटहरी । एमविविएस तथा इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी केही वर्ष अघि देखि सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले तयारी कक्षा सञ्चालन गर्न थालेपछि यस क्षेत्रका धेरै विद्यार्थीले नाम निकाल्न सफल भएका छन ।

    कोशी प्रदेशको इटहरीमा रहेको सुषमा गोदावरी कलेज देशकै उत्कृष्ट नतिजा ल्याउने कलेजहरुमा पर्ने गरेको छ भने एमविविएस र इन्जिनियरीङ अध्ययनका लागि तयारी कक्षा समेत सञ्चालन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थी धेरैले नाम निकाल्न सफल हुदै आएको कलेजका प्राचार्य बोधराज नेपाल वताउछन । सुविधा सम्पन्न भौतिक पुर्वाधार , इनडोर गेमको व्यवस्था , फराकिलो कम्पाउण्ड सहित विद्यार्थी केन्द्रित अन्तराष्ट्रिय स्तरमा समेत वढी प्रयोग हुने शिक्षण पद्धती अनुसार पठनपाठन गरिने भएका कारण समेत सुषमा गोदावरी कलेजमा अभिभावक तथा विद्यार्थीको आकर्षण वढी रहेको प्राचार्य  नेपालले जानकारी दिए ।

सुषमा गोदावरी कलेजको पठनपाठन देखि लिएर शिक्षकहरु सहज र सहयोगी भएका कारण समेत विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल हुदै आएको अभिभावक मिनीराज भण्डारी वताउछन ।vlcsnap-2023-07-10-11h57m47s385

अनुशासनमा जोड दिने अन्तराष्ट्रिय स्तरको पठनपाठन गराउने औधोगिक तथा शैक्षिक भ्रमण गराउने शिक्षक विद्यार्थी विच घनिष्ठ सम्वन्ध लगायत गुणस्तरिय शिक्षामा जोड दिने भएका कारण आफुहरुलाई अध्ययनका लागि सहज भएको विद्यार्थी आयुषा राउत वताउछिन ।vlcsnap-2023-07-10-11h57m25s965

आयुषा मात्र हैन सुषमा गोदावरी कलेजमा अध्ययन गर्ने धेरै विद्यार्थीहरुले भौतिक तथा अध्ययनका लागि उपयुक्त कलेज भएका अन्य विद्यार्थी समेत वताछन । कक्षा १०को अध्ययन पुरा गरेपछि आफुले धेरै कलेजहरु अध्ययन गर्नका लागि हेरे पनि सुषमा गोदावरी ठिक लागेर सुषमा गोदावरीमा पढन थालेको कक्षा ११मा कलेज टप गर्ने राजन भण्डारी वताउछन ।

पारिवारिक वातारवरण भएको अनुशासित रुपमा पठनपाठन गराउने टपटेनमा पर्ने विद्यार्थीहरुलाई अक्षयकोषका माध्यमबाट छात्रावृत्ति प्रदान गर्ने लगायतले अभिभावकहरुलाई सहज वनाउने देखि लिएर उत्कृष्ट पठन पाठन गराउने गरेको पाइएको अभिभावक रामकुमारी राउत वताउछिन ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई धेरै किसिमका छात्रावृत्ति प्रदान गर्ने गरी कलेजका शिक्षक कर्मचारी तथा शुभेच्छुकहरुले समेत अध्यक्षकोष स्थापना गर्दै आएका छन ।

यस वर्ष देखि भने विद्यार्थीको मनोविज्ञानलाई आधार वनाई गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्धेश्यले विद्यार्थी ,शिक्षक तथा अभिभावकहरुलाई समावेश गरेर मनोविज्ञ सुशिल कडेलबाट मनोपरामर्शको व्यवस्था समेत कलेजले मिलाएको जनाइएको छ । WhatsApp Image 2023-07-10 at 09.09.40