पछिल्लो सममयमा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण नीजि क्षेत्रबाट सञ्चालित विद्यालय तर्फ हुन थालेपछि सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या न्युन हुन थालेको छ । धरानमा रहेको धरानकै पुरानो मध्येमा पर्ने  भगवती आधारभुत विद्यालयमा पनि विद्यालय सख्या न्युन रहेको छ । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १६मा वि.सं.२०१०सालमा स्थापना गरिएको  भगवती आधाभुत विद्यालयमा पनि विद्यार्थी संख्या न्युन बन्न पुगेको हो । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्युन हुन थालेपछि विद्यार्थी संख्या वढाउन विभिन्न उपाय अपनाउन थालिएको छ । यही क्रममा कतिपय सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेर विद्यार्थी आकर्षण गर्न थालेका छन । यता भगवती आधारभुत विद्यालयले वातावरण मैत्री कक्षा जोड दिदै फूलवारी सहित विद्यालय हातामा बगैचा लगाएको छ ।  कक्षा ८ सम्म अध्ययन हुने यस विद्यालयमा हाल  १ सय ५० को हाराहारीमा मात्र विद्यार्थी रहेका छन । विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले विगत देखि नै  फूलबारी बगैचा निर्माण गरिएको र पछिल्लो समयमा विष्णुपादुका सेक्टर वनबाट धुपीका विरुवाहरु ल्याएर रोपिएको वताए । उनले विद्यालयलाई वातावरणमैत्री बनाउने अभियान अन्तरगत शुरु गरिएको वृक्षारोपण कार्यक्रमलाई निरन्तता दिने समेत जानकारी दिए ।school

यस  विद्यालयमा गरिब तथा सुकुम्वासी परिवारका वहुसंख्यक  बालबालिका अध्ययनरत रहेका छन । भौतिक संरचनाहरु समेत  पुरानो भएकाले पुनरनिर्माण गर्नु पर्ने अवस्थामा रहेकाले विद्यालयले सो तर्फ पनि ध्यान दिएको वताइएको छ ।  विद्यालयको २ बिगाहा २ कठ्ठा साढे ५ धुर जग्गा रहेको छ । मुलुक संघीयतामा आएपछि स्थानीय तह अन्तरगत विद्यालयहरु रहने व्यवस्था भएपनि स्थानीय तहको समेत ध्यान नदिदा धरानको पुरानो इतिहास बोकेको यस विद्यालय ओझेलमा पर्न थालेको छ । यस विद्यालयमा ९ जना दरबन्दी शिक्षक र २ जना निजी स्रोतबाट कर्मचारी १ जना गरी कुल १३ जना कार्यरत रहेका छन ।