न्युनतम ज्याला वृद्धि गर्न माग गर्दै मजदुरहरूले विराटनगरमा बिरोध पर्रदर्शन गरेका छन । आइतबार प्रदर्शन गर्दै उनिहरुले मजदुरहरुलाई जीवन निर्वाह गर्न सक्ने गरी न्यूनतम ज्याला वृद्धि गर्न माग गरेका छन । नेपाल ट्रेड युनियन महासंघ जिफण्टको आयोजनामा भएको विरोध पर्रदर्शनमा मजदुरहरुले न्यूनतम ज्याला वृद्धि गर, महंगी नियन्त्रण गर, स्थानीय तहमा श्रम डेस्क स्थापना गर , समान कामको समान ज्याला लागू गर जस्ता नारा लगाएका थिए । विराटनगरको दुध फारम देखि शुरु भएको विरोर्ध यालीले नगरको विभिन्न भागको परिक्रमा गर्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा ज्ञापन पत्र बुझाएका छन । सो प्रदर्शनीमा बिभिन्न छेत्रमा कार्यरत मजदुर र मजदुर नेताहरुको सहभागिता रहेको थियो ।