इटहरी । पुर्वी नेपालको केन्द्रविन्दुका रुपमा रहेको इटहरी शैक्षिक दृष्टिकोणमा पनि प्रदेशकै शैक्षिक हवका रुपमा विकसित बन्दै आएको छ । यहाँ रहेका शैक्षिक संस्थाहरुमा इटहरी तथा आसपासका क्षेत्रबाट मात्र नभएर पुर्वी पहाडी जिल्लाहरुबाट समेत विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन । इटहरीमा रहेका स्कुल तथा कलेजहरुले विद्यार्थी तथा अभिभावकहरुलाई आकर्षित गरिरहेका छन । यही क्रममा नयाँ व्यवस्थापन सहित स्कील वेश जीवन उपयोगी शिक्षामा जोड दिदै साइन्स, होटल मेनेजमेन्ट , कम्प्युटर साइन्स , कानुन , मेनेजमेन्ट , एजुकेशन लगायतका विषयहरु पठनपाठन गराउने बेबिलोन सगरमाथा कलेज विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा पर्न थालेको छ ।

 1688890573692

एसईईको परिक्षाफल प्रकासित हुनु अभावै देखि कलेजमा पठनपाठन हुने विषय लगायतका जानकारी लिन विद्यार्थीहरु तथा अभिभावहरुका आउने क्रम बढीरहेको थियो । सिप सहितको शिक्षामा जोड दिदै आएको बेबिलोन सगरमाथा कलेजमा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीको रोजाई अनुसार  सिप मुलक अतिरिक्त कक्षा कम्तीमा एउटा सञ्चालन गरिने कुरालाई विद्यार्थी तथा अभिभावकहरुलाई आकर्षित गरेको कलेजका कलेजका प्रमुख प्रसाशकिय अधिकृत   मुक्ति दाहालले जानकारी दिनु भयो । विद्यार्थीलाई पाठ्यक्रम पठाउने मात्र नभएर आफुहरुले अतिरिक्त कक्षाका रुपमा व्यवहारिक तथा जीवन उपयोगी सिप मुलक शिक्षालाई प्राथमिकतामा राखिउका कारण शिक्षाका साथै अन्य क्षेत्रमा पनि विद्यार्थीले दक्षता पाउने विश्वास सहित आफुहरुले स्किल वेश शिक्षामा जोड दिएको समेत कलेजका प्रमुख प्रसाशकिय अधिकृत  दाहाल वताउनु हुन्छ ।

1688889539756  

   एसईईको परिक्षाफल प्रकासित भएपछि विद्यार्थी तथा अभिभावकहरु कलेजको इन्ट्रान्स कहिले हुन्छ भनेर वुझ्न कलेजमा आउने तथा फोन सम्र्पक गर्नेहरु उल्लेखिय संख्यामा रहेको वताउदै कलेजले आगामी बुधबार पहिलो इन्ट्रान्स परिक्षा लिने भएको छ । स्किल वेशमा पठनपाठन गराउने बेबिलोन सगरमाथा कलेजले विभिन्न संघसंस्थासंग सहकार्य गरेर विद्यार्थीलाई सिप मुलक कक्षा सञ्चालन देखि लिएर व्यवहारिक रुपमा काममा दक्षता प्रदान गर्नका लागि इन्र्टनको समेत व्यवस्था गरेको समेत जनाइएको छ ।WhatsApp Image 2023-07-08 at 15.02.55 कम बेबिलोन , फिल डिफिरेन्स नारालाई आत्मसाथ गर्दै अघि बढी रहेको बेबिलोन सगरमाथा कलेजले मल्टी मिडियाको प्रयोग गरि पठनपाठन गर्ने , विद्यार्थीलाई ल्याउन लैजान यातायातको व्यवस्था रहेको , दक्ष अनुभवी अध्यायपकहरुबाट प्रविधियुक्त कक्षा सञ्चालन गरिने समेत कलेजले जानकारी गराएको छ ।WhatsApp Image 2023-07-08 at 15.02.55 (1)

 प्रोजेक्ट वेश शिक्षामा जोड दिदै आएको कलेजले स्किल वेश जीवन उपयोग अतिरिक्त कक्षामा बुटिक , नेल आर्ट , आर्जे , एसी रिपेरिङ, योगा, डान्स , विभिन्न खेलकुद लगायतका कक्षाहरु समेत सञ्चालन गर्ने भएको छ ।

WhatsApp Image 2023-07-08 at 15.02.54