आचरसहिंताको पालना सहित जिम्मेवार पत्रकारितामा जोड दिदै सुनसरीको इटहरीमा पत्रकारहरुसंग पत्रकार आचारसहिंताको नविनतम आयम तथा कार्यान्वयनको अवस्था विषयक  गोष्ठी आयोजना गरिएको छ । सुनसरीका पत्रकारहरुको सहभागितामा पत्रकार आचारसहिंताको नविनतम आयम तथा कार्यान्वयनको अवस्थाका विषयक गोष्ठी चन्द्र न्यौपाने मेमोरियल ट्रष्टले आयोजना गरेको हो । ट्रष्टकी अध्यक्ष अनिता गुरागाईको अध्यक्षतामा भएको गोष्ठीमा पत्रकार आचारसहिंताका विषयमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले सहजिकरण गरेका थिए । पत्रकारितालाई व्यवस्थित वनाउन र आचारसहिंताले महत्वपुर्ण भुमिका खेल्ने कार्यक्रमका अतिथी अग्रज पत्रकारहरुले जोड दिएका थिए । ट्रष्टका सदस्य तथा अग्रज पत्रकार यज्ञ शर्मा , अग्रज पत्रकार कृष्ण विनोद लम्साल , नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का , नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकाल र प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेल लगायतले स्वर्गीय चन्द्र न्यौपानेले सञ्चार क्षेत्रमा पुरयाएको योगदानको चर्चा गरेका थिए ।