कीराती भाषा,संस्कृती,धर्म,इतीहास सभ्यताभीत्र रहेका ऐतीहासीक गढीहरुको अनुसन्धानात्मक लेख रचना समावेस गरीएको कीरात अन्वेषण पुस्तक एक कार्यक्रमका बीच वीमोचन गरीएको छ । कीरात अध्ययन तथा अनुसन्धान प्रतीष्ठान नेपालद्धारा आयोजीत कार्यक्रमका बीच कीरात अन्वेषण पुस्तक सामुहीक रुपमा वीमोचन गरीएको हो ।

किरातहरुको भाषा,सभ्यता र संस्कृतीको अनुसन्धानमा जोड दीइ वीभीन्न १२ जना लेखकका अनुसन्धानमुलक लेखहरु प्ुास्तकमा समेटीएको छ । तत्कालीन अवस्थामा नेपाल २२ से र २४ से राज्यमा वीभाजीत रहँदा माझ कीरात अन्तरगतका वीभीन्न गढीहरुको अस्तीत्व र शासन सञ्चालन हुने केन्द्रको रुपमा रहेका गढीहरुका वीषयमा स्थलगत अध्ययन अनुसन्धान गरीएका लेख,आलेखहरु पुस्तकमा समेटीएको छ।

कीरात सभ्यतासँग जोडीएका पुरातात्वीक वस्तु ,भग्नावशेष अवस्थामा रहेका संरचना र तीनको अस्तीत्व संरक्षण सम्बन्धमा पनी पुस्तकमा उल्लेख गरीएको जनाइएको छ । कीरातहरुको सास्कृतीक थलो खुवालुङ र तुवाचुङबारे पनी पुस्तकमा उल्लेख गरीएको छ । कार्यक्रमका प्रमुख अतीथी धरान उपमहानगरपालीकाका उपप्रमुख आइन्द्र बीक्रम बेघाले सबै समुदायले आ आफ्नो भाषा,धर्म ,संस्कार ,संस्कृतीलाइ लीपीबद्ध गरी जीवन्त राख्न आवश्यक रहेको जनाएका छन । १८ सय ३० को दशकसम्म अस्तीत्वमा रहेका मझुवागढी,चौदण्डीगढी,केपीलासगढी जस्ता ऐतीहासीक गढीहरुको महत्वबारे कार्यक्रमका वक्ताहरुले प्रष्ट पारेका थीए ।

कीरात अध्ययन तथा अनुसन्धान प्रतीष्ठान नेपालको अध्यक्षतामा आयोजीत कार्यक्रममा कीरात राइ यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राइ,कीरात राइ कलाकार संघ सुनसरीका अध्यक्ष शालीक सतासक राइ,राम माण्डुपा राइ लगायतका अतीथीहरुको सहभागीता रहेको थीयो ।