सुनसरीको वराहक्षेत्र नगरपालिकामा अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने नगरपालिका योजना बनाएर अगाडि बढेको छ ।

बर्षौदेखि लालपुर्जाको आशमा रहेका नगरवासिलाई पुर्जा बितरण गर्न नगरपालिकाले बिहिबार राष्ट्रिय भुमि आयोग नगर स्तरिय समवन्य समितिका संयोजक एव नगर प्रमुख रमेश कार्कीको  संयोजकत्मा राष्ट्रिय भुमि आयोग सुनसरी अध्यक्ष भगिरथ खत्वे, भुमि सुधार तथा मालमोत कार्यालय प्रमुख बिष्णु प्रसाद सिटौला, नापि कार्यालय सुनसरी प्रमुख संजिबकुमार साह सहित राष्ट्रिय भुमि आयोगका पदाधिकारि, बिज्ञ सदस्य, सर्वदलिय समवन्य समितिका सदस्यहरु , प्राबिधिकहरुको छलफलबाट पुर्जा बितरणकालागि आवश्यक छलफल र योजना बनाईने निर्णय लिएको हो ।

यस अगाडि नगरपालिकाले लालपुर्जा बितरणको काममा वन कार्यलय र नापि शाखाको कार्यालय बाधक बनेको भन्दै राष्ट्रिय भुमि आयोग र वराहक्षेत्र नगरपालिकाले असन्तुष्टि व्यक्त गरेको थियो । १० बर्ष उपभोग र उपयोग गरेको जमिनको लालपुर्जा दिने राष्ट्रिय भुमि आयोगको प्रष्ट नीति भए पनि सुनसरीमा वन कार्यालय र नापि शाखाले  वनको जमिन भन्दै लालपुर्जा बितरण गर्ने राष्ट्रिय भुमि आयोग र बराहक्षेत्र नगरपालिकाको योजनामा बाधक बनेको राष्ट्रिय भुमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वेले जानकारी दीए ।

वराहक्षेत्रका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने राष्ट्रिय भुमि आयोगको प्रथामिकतामा परेर तिब्र रुपमा काम भए पनि वन र नापि शाखाबाट आवश्यक काम हुन नसक्दा लालपुर्जा बितरण गर्न रोकिएको नगर प्रमुख कार्कीले बताए  । उनले भन्ने  नगर स्तरिय समन्वय समितिबाट आवश्यक सहयोग, सहजिकरण भई रहेको छ । भुमि आयोग पनि वराहक्षेत्रमा लालपुर्जा नितरण गर्न चाहन्छ । तर भुमि आयोग संग नीति बाजिएको भन्दै बन कार्यालय बाधक बनिरहेको छ ।