सुनसरी । आज गुरु पूर्णिमा आफुलाई शिक्षा , सिप दिने गुरुहरुको सम्मान तथा  स्मरण गर्दै मनाइयो । यही क्रममा सुनसरीको चतरामा रहेको जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठमा पनि गुरुपूर्णिमा मनाइएको छ ।

जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ वराहक्षेत्र चतरा धाम अन्तरगत रहेका पिठका सेन्टर बाट पदाधिकारीहरू ,स्थानिय लगायतको सहभागितामा गुरु पूर्णिमा मनाइएको हो  ।

विभिन्न चाडपर्वका समयमा धार्मिक अनुष्ठान गरिने जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठमा गुरु पूर्णिमा गुरुहरुको महिमाको चर्चा गर्दै धार्मिक कार्यक्रम सहित आयोजना गरियो ।

वैदिक सनातन धर्ममा गुरूको महिमा उच्च रहेको सो अवसरमा जानकारी गराइयो ।  गुरू वरण गरिसकेका शिष्यहरूका लागी गुरु पूर्णिमाका दिन विशेष महत्वका दिनका रुपमा लिने गरिएको छ । सो अवसरमा पिठमा  गुरू पादुका पुजन , गुरू पुजन , आरती लगायतका कार्यक्रमहरु गरि गुरु पूर्णिमा मनाइयो ।