इटहरी । इटहरी वडा नम्बर ६ का जनप्रतीनीधीले स्थानीय तह नीर्वाचनमा होमीदै गर्दा घोषणापत्रमा लेखीएका महत्वपुर्ण बुँदाहरु १ वर्षभीत्रै पुरा गरेका छन । वडा अध्यक्ष दीवस पोखरेल नेतृत्वको टोलीले बीकास नीर्माणको सन्दर्भमा इटहरी वासीको मुख्य चासोको रुपमा रहने गरेको इटहरी वडा नम्बर ६ को मुहार फेरेको अनुभुती हुन्छ । वडा नम्बर ६ को उक्त कार्यप्रती वडावासी पनी सन्तुष्ट देखीन्छन ।

पुर्वपश्चीम राजमार्ग र कोशी राजमार्गको संगम स्थल इटहरी मुख्य चौकको अधीकांश भुभाग ओगटेको वडा हो इटहरी वडा नम्बर ६ । एक प्रकारले भन्नुपर्दा इटहरीको मुटुकै रुपमा लीइएको इटहरी ६ को बीकास नीर्माणको कार्यले समग्र इटहरी वासीको ध्यान खीच्ने गरेको छ । इटहरी तथा आसपासका क्षेत्रबाट आउने यात्रुहरु इटहरी मुख्य चौक भएर आवत जावत गर्ने गर्दछन । जसकारण पनी इटहरी ६ को बीकास नीर्माणको कामले इटहरी वासीलाइ प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । यसका अलावा पश्चीम दोधारा देखी पुर्वी वीन्दु ताप्लेजुङको लेलेपसम्म आवत जावत गर्ने अधीकांश यात्रुको नजरमा इटहरी चीनीने र प्रत्यक्ष सेवा सुवीधा उपभोग गर्न पाउने अवसर हो इटहरी छ । स्थाननीय तह नीवार्चचनबाट जनप्रतीनीधीहरु नीर्वाचीत भएर आएपछी इटहरी ६ को बीकासले पछील्लो १ वर्षमा ठुलो फड्को मारेको पाइन्छ । इटहरी ६ का वडा अध्यक्ष दीवश पोखरेलको नेतृत्वमा उम्मेदवारी दीने टोलीले चुनावी घोषणा पत्रमा १ वर्षभीत्रमा काम सक्ने गरी गरीएका प्रतीबद्धताहरु पुरा भएको पाइएको छ । वडा अध्यक्ष दीवश पोखरेलले पुरा गरेको एउटा प्रतीबद्धता हो इटहरी चौक क्षेत्रमा सार्वजानीक शौचालय नीर्माण । सार्वजनिक शौचालय इटहरीको मुख्य बजार क्षेत्रमा नभएका कारण बाहिरबाट आउने मानिसहरु तथा स्थानीयले समेत भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै वडा नम्बर ६ मा सार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याइएको छ । मानिसहरुको भिडभाड हुने मुख्य बजार क्षेत्रको चोकमा समेत सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आउने मानिस तथा इटहरीवासी समेत चिया खाजा खाने बहाना वनाएर होटलमा शौचालय जान वाध्य हुदै आएका थिए । त्यसैलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले मुख्य चोक क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरेको हो । उक्त सार्वजनिक शौचालय निशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । ३२ लाख लागतमा नीर्माण गरीएको उक्त शौचालय महिलाहरुका लागि प्याड देखि लिएर प्याड डिस्पोज गर्ने व्यवस्था सहितको सुविधा सम्पन्न शौचालयको रुपमा रहेको छ । लामो समय देखि यस क्षेत्रमा सार्वजनिक शौचालयको अभाव रहेको यही रहेको चौतारीमा बसेर आराम गरेर बस्ने स्थानीय शौचालय प्रयोग गर्न  नगरपालिका वा आफनै घर पुग्नु पर्ने वाध्यता रहदै आएकोमा सार्वजनिक शौचालय प्रयोगमा आएपछि सहज भएको वडाबासीको भनाइ छ ।


रानीदेखी कीमाथान्का जोड्ने त्रीदेशीय मार्ग अन्तरगत इटहरी चौक क्षेत्रमा सडक वीस्तारमा अवरोध खडा गर्ने संरचनाहरु भत्काइ सडक वीस्तारलाइ तीव्रताका साथ अगाडी बढाउन वडा नम्बर ६ सफल भएको छ । व्यस्त सहर इटहरी भएर आवत जावत गर्ने यात्रु तथा सवारी साधनको सहजताकालागी साथै ट्राफीक व्यवस्थापनलाइ सहजीकरण गर्ने उद्धेश्यले जडान गरीएको ट्राफीक लाइट यतीखेर प्रभावकारी साबीत भइरहेको छ । काठमान्डौ उपत्यकाबाहीर नेपालमै पहीलो पटक इटहरीमा जडान गरीएको ट्राफीक लाइटले सर्वसाधारण यात्रुलाइ सहज अनुभुती गराएको छ ।

यस्तै इटहरी बजार क्षेत्रको शान्ती सुरक्षालाइ ध्यानमा राखी वडामा अमन चयन कायम गर्न र अपराधीक गतीवीधीहरु हुन नदीन इटहरी ६ का अधीकांश स्थानमा सी सी टी भी क्यामेरा जडान गरीएको छ । इटहरीमा व्याप्त चोरीका घटना न्युनीकरण गर्न इटहरी ६ का अधीकांश स्थानमा जडान गरीएका सी सी टी भी क्यामेरसा प्रभावकारी साबीत हुने स्थानीयको अनुमान रहेको छ ।

यसका अलावा नीर्वाचन ताका इटहरी ६ का वडा अध्यक्ष दीवश पोखरेलले गरेका अन्य प्रतीबद्धताहरु पनी पुरा भएको पाइएको छ । उनले घोषणा पत्रमा उल्लेख गरेको नीयमीत सरसफाइ अन्तरगत कहीले वडाको आफ्नै आयोजना त कहीले इटहरीमा सरसफाइ लगायतका सामाजीक कार्यमा सक्रीय संघ संस्थाहरुसँगको समन्वयमा वडा नम्बर ६ ले सरसफाइसँग सम्बन्धीत वीभीन्न कार्यक्रमहरु आयाजना गर्दैै आएको छ । बजारमा लठीभद्र अवस्थामा टाँगीएका होडीङ बोर्ड हटाउने देखी लीएर बजार सरसफाइमा इटहरी ६ ले वीशेष नीगरानी गर्दै आइरहेको छ । यसका अलावा सहरी क्षेत्रमा खेतीयोग्य भुमीको अभावको वीकल्पको रुपमा रहेको कौशी खेतीलाइ प्रोत्साहन गर्दै लैजाने प्रतीवद्धता अनुरुप कौशी खेतीगर्न चाहनेहरुलाइ आवश्यक सहयोग र सहकार्य गरी वडाले कौशी खेतीलाइ प्रोत्साहन गरीरहेको छ । बजार क्षेत्रमा लाइन गएको अवस्थामा वडावासीलाइ उज्यालोको महशुस होस भनेर वडा नम्बर ६ ले सडकबत्ती सेन्सर लाइट समेत जडान गरेको छ । खेलकुद तथा कला साहीत्य क्षेत्रको प्रवर्धन अन्तरगत विद्यालयसँगको समन्वयमा वीभीन्न अतीरीक्त क्रीयाकलापमा वीद्यार्थीहरुको सहभागीता सुनीश्चीत गर्ने देखी लीएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा प्रोत्साहन गर्ने कामहरु भइरहेको छ । स्थानीय तह नीर्वाचनमा होमीदै गर्दा घोषणापत्रमा लेखीएका महत्वपुर्ण बुँदाहरु १ वर्षभीत्रै पुरा भएको बताउँदै इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दीवश पोखरेलले आगामी दीनमा योजनाबद्ध रुपमा बीकास नीर्माणका कार्यहरु अगाडी बढाउँदै लैजाने उनले प्रतीबद्धता जनाएका छन ।

यी कार्यका अलावा इटहरी ६ ले सडक नीर्माण,अभीमुखीकरण कार्यक्रम,सामाजीक न्यनय स्थापीत गर्ने जस्ता भौतीक तथा मानवीय वीकासका कार्यहरु प्राथमीकताका साथ अगाडी बढाइरहेको छ । समग्रमा इटहरी वडा नम्बर ६ ले पछील्लो १ वर्षमा आफ्नो मुहार फेरेको अनुभुती गर्न सकीन्छ ।