पाँचथरको फालेलुङ गाउँपालिकाले शिक्षकको सरुवा सहमतीमा १५ हजार रुपैयासम्म दस्तुर लिने भएको छ भने, गाउँपालिकाभित्रको कुनै विद्यालयमा पाँच वर्षभन्दा कम समय काम गरेको शिक्षकलाई सरुवा सहमती दिँदा १५ हजार रुपैया र पाँच वर्षभन्दा बढी समय काम गरेको शिक्षकको लागि भने १२ हजार रुपैया शुल्क तोकिएको छ । 

यसैगरी पाँच वर्षभन्दा बढी समय काम गरेका शिक्षकलाई गाउँपालिकाभित्रै सरुवा सिफारिस दिँदा ५ हजार रुपैया, जिल्लाभित्र सहमती दिनुपर्दा ८ हजार अनि जिल्लाबाहिरको सहमतीको लागि १० हजार रुपैया तोकिएको छ । प्राथमिक तहमा पाँच वर्षबढी काम गरेकाहरुको लागि भने गाउँपालिका भित्र सरुवा सिफारिसमा तीन हजार रुपैया तोकिएको छ ।

शिक्षकहरुले भने यो शुल्कको विरोध गरेका छन् । सहमतीको एउटा कागजको धेरै शुल्क लिन खोजेको भन्दै विरोध जनाएका हुन् ।

यता गाउँपालिकाको पीडा भने अर्कौ छ । नियुक्ति लिएर  आएको भोलिपल्टदेखि नै बहाना बनाएर सरुवा लिन खोज्ने शिक्षकहरुको कारण धेरै शुल्क राखिएको अध्यक्ष वीर विक्रम थाम्सुहाङ प्रस्ट्याउँछन् ।

उनकाअनुसार विगत डेढ महिनाभित्र ४० जना शिक्षकहरु पालिकामा स्थायी नियुक्ति लिएर आएको तर धेरैजसो सरुवाको प्रक्रियामा लागेपछि विद्यालयहरुको शैक्षिक गतिविधिमै असर पुगेको र यस्तो निणय लिन बाध्य भएकाृ बताए ।