इटहरी । लामखुट्टेका कारण डेगुं लगायतका विभिन्न किसिमका संक्रमणहरु  फैलने तर्फलाइ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिका वडा नम्बर ९ले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने काम गरेको छ । गर्मी मौषममा तराई क्षेत्रमा लामखुट्टेको विगविगी हुने तथा विगत केही वर्ष यता देखि इटहरीमा समेत डेगुंको संक्रमण देखा पर्दै आएका कारण लामखुट्टे नियन्त्रणका लागि इटहरी उपमहानगरपालिका वडा नम्बर ९ले विषादी झर्ने काम थालेको हो ।  लामखुट्टेको विगविगी वढ्न थालेपछि वडावासीको स्वास्थ्यलाई मध्यनजर गर्दै लामखुट्टे नियन्त्रणका लागि विषादी झर्ने थालिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाले जानकारी दिए । केही दिन यता देखि लामखुट्टेको विगविगी वढ्न थालेको छ । त्यसैलाई मध्यनजर गर्दै इटहरीका अन्य वडाहरुमा समेत विषादी झर्ने काम समेत हुन थालेको छ ।