इटहरी । प्लान इन्टरनेशनल नेपालद्धारा सुनसरीमा सञ्चालित बाल केन्द्रित सामुदायिक विकास परियोजना दोस्रो चरणको समापन भएको छ ।  सुनसरीका सवै पालिकाहरुका बालबालिकालाई लक्षित गरि सञ्चालन हुदै आएको बाल केन्द्रित सामुदायिक विकास परियोजन एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।  जिल्लामा विभिन्न पालिकाहरुमा प्लान इन्टरनेशनल नेपालले सिएसडीसी , आरएसडिसी र कोकन संगको साझेदारीमा सञ्चालित कार्यक्रमको समिक्षा सहित समापन गरियो । जिल्ला समन्वय समिति सुनसरीकी उपप्रमुख कमला दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल पुर्व एरिया म्यानेजर कलावती चोम्वाङ लगायतले पुर्व क्षेत्रका विगत  देखि प्लानले गर्दै आएका सामाजिक विकासका कार्यक्रमहरुका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा बाल केन्द्रित सामुदायिक विकास परियोजना सञ्चालन भएका पालिकाहरुका जनप्रतिनिधि , विभिन्न संघ संस्था लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।