लामो समयदेखिको परेको खडेरीका कारण धरानमा खानेपानी अभाव दिनदिनै बढ्दै गएको छ ।  गर्मीसँगै खानेपानीको समस्याका कारण धराने जनता दोहोरो मारमा परेका छन् । धारामा खानेपानी नआएपछि अहिले धरानका सर्वसाधारण धरान १४ मा रहेको दुईधारे र तीन धारेबाट पानी बोकेर पिउन र प्रयोग गर्न बाध्य छन् । यी धाराहरुले धरानका सर्वसाधरणको पानीको अभाव लाई केही हद सम्म धानेको छ ।

अत्याधिक गर्मीका  कारण समय समयमा बत्ती जाँदा धरानेहरुले भोगनुपरेको समस्यासँगै खानेपानीको समस्याले धरानेहरु दोहोरो मारमा परेका छन् । खानेपानीको अभावकै कारण अहिले धरान १४ मा रहेको दुई धारे र तीनधारेमा भीड बढेको छ । लुगा धुने, नुहाउुने र घरमा पानी बोकेर आउनेको संख्या अत्याधिक रहेको छ । यहाँ नजिकै रहेका धरान २, ३  १२ लगायतका वडा बाटमात्र यी धारामा तीन किलोमिटर रहेको धरान १७ बाट समेत नुहाउन, लुगाधुन र पानी थाप्न आउने गरेको पाइएको छ  । खानेपानीको चरम अभाव भएपछि धरान १ मा रहेको् अपांग तथा असहाय केन्द्रबाट सकी नसकी दुई धारे पुगेका अपांगहरु दुइधारे पुगेका थिए । उनीहरुले सातादिन भन्दा बढी समयदेखि धारामा पानी नआएपछि बाध्य भएर दुई धारेमा पानी लिन, नुहाउन र लुगा धुन पुगेका हुन् । पानीको समस्या भएपछि सास्ती भोगेका उनीहरुले खानेपानीकै लागि दुइधारेसम्म आउनु पर्ने बाध्यता रहेको  बताए । 

खडेरीका कारण यी धाराका मुहान समेत सुक्दै गएको पाइएको छ । अहिले धरानेहरुको प्राण साच्चै भन्ने हो भने यी धाराहरुले धानेको छ । कहिलेकाही त अत्याधिक भीड भएका कारण ढाटाबाट दुःख गरेर पानी लिन जानेहरु दुई धारे र तीन धारेबाट पानी नलिइ फर्किने गरेको स्थानीयहरु बताउँछन् । धरानमा यी धाराहरु नभए पानी खान नपाएर धरानेहरु तड्पिनु पर्ने सर्वसाधारण बताउँछन् । 

धरानबासीको प्यास मेटाउन मेयर पदमा निर्वाचत भएपछि मेयर साम्पाङले जनश्रमदानबाट सर्दु, खर्दु लगायतका पानीको मुहान संरक्षणमा जुटे । उनले गरेको प्रयास दीर्घकालनि नभई अल्पकालीन भएकै कारण खडेरीको समयमा अहिले धरानेहरुहरुले खानेपानीको अभाव झेल्नु परेको अवस्था छ । धरानमा दैनिक ३ करोड पानीको आवश्यकता छ । अहिले धरानमा आधा भन्दा कम पानी जोहो हुन्छ ।

कोकाहा नदीबाट पानी ल्याउने अभियान मेयर साम्पाङले थालेपनि त्यो समेत समय लाग्ने अवस्था छ । सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बोडको ऋण तथा अनुदानमा आएको अरबौको परियोजना सम्पन्न भइ नेपाल खानेपानी संस्थानलाई धरान बोर्डमा समाहित गरिएको छ । बोर्डको अध्यक्ष मेयर साम्पाङ छन । तर खानेपानी संस्थाबाट धरान खानेपानी बोडमा रुपान्तरण हुदा समेत धरानेहरुको दिनचर्यामा कुनै परिवर्तन आएको छैन ।

जबसम्म कोशी वा तम्मर नदीबाट पानी ल्याउने दीर्घकालीन योजना अगाडि बढ्दैन तवसम्म धरानेहरुको बर्षौदेखिको खानेपानी समस्या समाधान नहुने पक्का छ । यसतर्फ तीनै तहका सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ ।