विराटनगर । आज कोशी प्रदेश सहित देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा मधेश प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै आइतवार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले सोमबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरीएको छ ।