इटहरी । तनाव व्यवस्थापन तथा क्षमता अभिवृद्धी सम्बन्धी साधनामुखीको कार्यक्रम पुर्वाञ्चल जागरण उत्सव सुनसरीको इटहरीमा आयोजना हुने भएको छ । जिवन विज्ञानका प्रशिक्षकहरुले हरेक २ वर्षमा महाकुम्भको रुपमा मनाउँदै आएको परिषद सम्मेलन पुर्वाञ्चल जागरण उत्सव इटहरीको रङगशालामा आयोजना हुने कुरा पत्रकार सम्मेलन गरि जानकारी गराइयो । जिवन विज्ञान परिषद प्रदेश नम्बर १ ले आयोजना गरेको पत्रकार सम्मेलनका बिच इटहरी रंगशालामा हुने उक्त कार्यक्रममा स्वदेश तथा विदेशबाट ५ हजार बढी मानिसहको सहभागीतामा रहने जानकारी गराइयो थियो । पुर्वाञ्चल जागरण उत्सव इटहरीमा आयोजना हुनु इटहरीको लागी थप पहिचान स्थापीत गराउने अवसर भएको बताउँदै इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलले सो कार्यक्रममा कुनै कुराको कमि हुन नदिन उपमहानगरपालीका अहोरात्र मेहनतका साथ लाग्ने प्रतीबद्धता व्यक्त गरे ।   334145516_926678751853213_8671686432816872622_n                    
कार्यक्रमको अवसरमा पुर्व क्षेत्रमा रहेका विभीन्न जात जाती,भुषभुषा, भाषा ,धर्म संस्कृति र सम्प्रदायका मौलीक संस्कृतीमा आधारित झाँकीहरु रहने जानकारी गराइएको छ । साथै कार्यक्रममा विभिन्न संघसंस्था,शैक्ष्ािक प्रतिष्ठानका व्यानर सहितको सहभागिता रहन ेपनि सो अवसरमा जानकारी गराइयो । वर्तमान मानव समाजमा आवश्यक सहकार्य र चौतर्फी विकासको मुल्य अभिवृद्धी गर्नु नै उक्त कार्यक्रमको मुल उद्धेश्य रहेको जिवन विज्ञान परिषद प्रदेश नम्बर १ समिति संयोजक बालिका खड्का भट्टराइले जानकारी दिइन । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहित राष्ट्रीय कलाकार मदनकृष्ण श्रेष्ठ,हरीवंश आचार्य, मुख्यमन्त्री,स्थानीय सरकारका प्रमुखहरु,गायक,कलाकारहरु लगायतको सहभाभीता रहने जनाइएको छ । जीवन विज्ञानका कार्यक्रमहरुबाट हालसम्म १५ लाख व्यक्तीले प्रत्यक्ष रुपमा लाभ लिइसकेका छन । यस प्रतीष्ठानले स्थापनाको ११ वर्षमा ११ सय योग तथा जीवन बिकास प्रशीक्षक तयार गरी विश्वका ५५ देशहरुमा सकारात्मक सोच तथा समृद्धीका लागी सेवा पुर्याउदै आएको जानकारी गराइएको छ ।साथै,  व्यक्तित्व एवम क्षमताको बिकासका लागी जीवन व्यवस्थापन तथा साधनामुखी कार्यक्रमहरु यस प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको छ ।