इनरुवा । नजिकी रहेको सरस्वती पुजालाई मध्यनजर गर्दै मुर्ति वनाउने कलाकारहरुलाई मुर्ति वनाउन भ्याइनभ्याई भई रहेको छ । सुनसरीको सदरमुकाम इनरुवामा पनि डेढ दशक देखि मुर्ति वनाउदै आएका रामलखन दासलाई पनि अहिले मुर्ति वनाउन भ्याइनभ्याई छ । चाडपर्व अनुसार मुर्ति वनाउने दासलाई सरस्वती पुजाका लागि अर्डर आएका मुर्ति वनाउन भ्याइनभ्याई भएको हो । माटो ,पराल , वाँस लगायतका सामाग्री प्रयोग गरेर वनाइने धार्मिक मुर्ति वनाउने काम युवापुस्तामा पनि हस्तान्तरण गर्ने सोचले वनाउदै आएपनि आम्दानी भने राम्रो नभएको दासले गुनासो गरे । उनले दशै, तिहार , विवाहपञ्चमी , जितिया ,विश्वकर्मा पुजा लगायतको समयमा विभिन्न देवदेवीका मुर्ति वनाउने गरेको समेत जानकारी दिए । 

पछिल्लो समयमा फाइवर ,सिमेन्टी लगायतका मुर्तिहरु स्थायी रुपमा शैक्षिक संस्थाहरुमा राख्ने चलन समेत वढी रहेको छ । माटोबाट वनाइएका मुर्तिहरु अस्थायी रुपमा पुजाका समयमा पुजास्थल वनाएर पुजा गर्नेहरुले मात्र प्रयोग गर्ने भएका कारण समेत विगतको तुलनामा माटाका मुर्तिहरुको माग घटीरहेको छ । यसरी मुर्ति वनाउने कलाकारहरुले अर्डर अनुसार मुर्ति वनाउने गरेका छन ।