मोरगं । दिनप्रतिदिन जाडो वढ्रदै आइरहेको तर्फ मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचामा रहेको सुर्य ज्योती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हरैचा मोडल बाल क्लवले न्यानो कपडा वितरण गरेको छ । हरैचा मोडल सेकेन्डरी इङलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर संकलन गरेको रकमबाट पाथिभरा तयारी पोशाक विराटनगरको प्राविधिक सहयोगमा वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । सुर्य ज्योति आधारभुत विद्यालयमा  अध्यन्नरत बिपन्न बालबालिकाहरूलाइ जाडोमा लगाउने ३१ थान  ट्रयाकसुट बितरण गरियो । जाडो वढी रहेको तथा जाडोका कारण बालवालिकाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्ने तर्फ मध्यनजर गर्दै वाल क्लबले साना बिद्यार्थीलाई लक्षित गरी  न्यानो कपडा बितरण गरिएको हरैंचा मोडल सेकेन्डरी इङलिस बोडिर्ङ स्कुलका प्रिन्सिपल रूद्र थापाले जानकारी दिए । जाडोका कारण विद्यालय जान नसकेर विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुनु नपरोस भनेर कपडा वितरण गरिएको समेत उनले प्रिन्सिपल थापाले वताए । नीजि विद्यालयबाट गरिएको सेवामुलक कार्यको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १का वडाध्यक्ष राम विश्वासले प्रशंषा गरे । सुर्य ज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक ज्ञानवहादुर खड्काले आफना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरे ।