इटहरी । जनता माध्यमिक विद्यालय इटहरीको आयोजनामा जारी जनता ओलम्पिक अन्तरगत सञ्चालित जिल्ला स्तरीय छात्रा भलिवलको उपाधि राष्ट्रिय माध्यमिक विद्यालय आँपगाछीले जितेको छ ।

    जनता ओलम्पिक अन्तरगत छात्रा भलिवल तर्फको फाइनलमा आर्दश मावि बराहक्षेत्रलाई ३–२ सेटले हराउदै राष्ट्रिय माविले उपाधि जितेको हो ।

   अध्ययन अध्यापनका साथै विद्यार्थीहरुलाई शारिरिक तथा मानसिक विकासका लागि विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप गराउदै आएको जनता माध्यमिक विद्यालय इटहरीको आयोजनामा जनता ओलम्पिक अन्तरगत  जिल्ला स्तरिय अन्तर मावि छात्रा भलिवल प्रतियोगिता यही पुस १५ गते देखि जनता माविकै खेल मैदानमा हुदै आएको थियो ।  IMG_20230105_100640

  भलिवल प्रतियोगिताको फाइनल खेल तथा समापन कार्यक्रम जनता ओलम्पिक कार्यक्रमका संयोजक शिवराज दाहालको अध्यक्षता तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ३ क का सभापति दिपक ढकालको प्रमुख आतिथ्यमा समापन भएको थियो ।

विद्यालय तहबाट विद्यार्थीहरुलाई खेलकुदका गतिविधिहरुमा सहभागी गराए राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने तर्फ मध्यनजर गर्दै जनता ओलम्पिक आयोजना गरिएको संयोजक दाहालले जानकारी दिए ।IMG_20230105_093307_1

संयोजक दाहालले आगामी दिनमा पनि खेलकुदका विभिन्न कार्यक्रमहरु आयोजना गरिने समेत वताए ।

  विभिन्न १५ खेलकुदका गतिविधिहरु सहितको जनता ओलम्पिक एक महिना सम्म सञ्चालन हुने र सवै प्रतियोगिताको फाइनल समापन भएपछि औपचारिक रुपमा कार्यक्रम समापन गरिने जनाइएको छ ।