इटहरी । नेपाल विधुतिय प्राविधिक समुहको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार इटहरीमा आयोजित एक औपचारिक कार्यक्रमका बिच संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको हो । 

नेपाल विधुतिय प्राविधिक समुहका अध्यक्ष यज्ञराज दाहालको अध्यक्षतामा तथा सीटीइभीटी प्रदेश १ का निर्देशक नवराज कोइरालाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले नयाँ प्रविधिहरुको प्रयोग साथै प्राविधिक क्षेत्रमा कार्यरत व्यक्तीहरुको क्षमता अविवृद्धी सम्बन्धमा कार्यक्रमहरु सञ्चालन गरिनु पर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष यज्ञराज दाहालले दुरदराजमा रहेका प्राविधिकहरुलाइ यस संस्थाले सामाजिक सञ्जालको माध्यमबाट बजार सम्म पहुच विस्तार गर्ने उद्धेश्य अनुरुप संस्थाले कार्य गरिरहेको बताएका छन । WhatsApp Image 2022-12-31 at 5.44.03 PM

 प्रदेश १ भरी छरिएर रहेका प्राविधिकहरुको हकहितका लागी तयार गरिएको सो संगठनले प्रविधि अध्यावधिक भइरहने तर प्राविधिकको शिप पहिलेकै अवस्थामा रहने गरेका कारण आफुहरुबिच शिप र दक्षता बारे सिकाइ आदन प्रदान गर्दै आइरहेको छ । 

साथै संस्थाले स्थापना कालदेखी हालसम्म २ सय २० जनालाइ क्षमता अभिवृद्धीका तालिम प्रदान गर्न सफल भएको जनाइएको छ । सोही कार्यक्रमका बिच बिगतमा सञ्चालित तालिमको प्रमाणपत्र समेत वितरण गरीएको थियो ।