इटहरी । प्राकृतिक ताल तथा घना जंगल सहितको सिमसार क्षेत्रमा कृतिम रुपमा सजाइएको पुर्वको एक प्रसिद्ध पर्यटकीय क्षेत्र तालतलैयामा जाडो मौषमको सुरुवातसंगै पिकनिक खान आउनेहरुको भिड लाग्न थालेको छ । 

     इटहरी उपमहानगरपालिका वडा नम्बर २ र ३को संगम स्थलमा पर्ने तालतलैया क्षेत्रमा जाडो महिनामा पिकनिक खान आउनेहरुको मुख्य रोजाइृमा पर्ने गरेको हो ,। विगतका वर्षहरुमा पनि तालतलैयामा जाडो मौषममा पिकनिक खान टाढाटाढा देखि मानिसहरु आउने गरेका थिए ।

त्यसैलाई मध्यनजर गर्दै आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी प्राकृति ताल तथा जगंल क्षेत्रमा कृतिम साजसजावट गरेर थप आकर्षित वनाउने कार्य समेत भएका छन । त्यसले पनि पिकनिक खान आउनेहरुलाई आकर्षित गरेको मोरगंको सलकपुरबाट पिकनिक खान आएकी एक आन्तरिक पर्यटक वताउछिन । पहिले ट्रि हाउस थिएन अहिले वनाइएको रहेछ अरु पनि राम कुराहरु थपिए अझ आकर्षण वढ्ने उनले विश्वास गरिन ।vlcsnap-2022-12-26-18h16m59s867

तालतलैयामा विश्वप्रसिद्ध कलाकारहरुले ढुंगा कुँदेर वनाएका मुर्तिहरु , बाल उद्यान , मिनी चिडियाखाना समेत रहेका छन । त्यसै गरी सो क्षेत्रको सिमसारमा धेरै प्रजातिका रैथाने र आगन्तुक चराहरु समेत आउने गरेका कारण समेत आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा विकसित हुँदै आएको छ ।vlcsnap-2022-12-26-18h17m41s805

यसका अतिरिक्त क्षेत्रफल वढाएर मिनी चिडियाखाना स्वमिगंपुल र बोटिगं सञ्चालन गर्न सकिए संस्थाको अझ भविष्य राम्रो हुने तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनाल वताउछन ।

     तालतलैयामा जाडो मौषममा ठुलो संख्यामा वनभोज टोलीहरु  आउने गरेका छन। यहा विदाका दिन पाँच सय टोलीहरु पिकनिक खान आउने गरेका जनाइउको छ । vlcsnap-2022-12-26-18h16m36s869अन्य दिनमा पनि अहिले दुई समय टोली सम्म आउने गरेको जनाइएको छ । तालतलैयामा  इटहरी तथा आसपासका क्षेत्रका संघसंस्थाहरुले विभिन्न कार्यक्रम समेत गर्ने गरेका छन ।

त्यसै गरी मुलुककै विभिन्न ठाउँका विद्यालयहरुले विद्यार्थीहरुलाई अध्ययन अवलोकनका लागि समेत ल्याउने गरेका छन ।