नेपाल पत्रकार महासंघ संखुवासभाको ११ औ साधारणसभाको अवशरमा अग्रज पत्रकार गंगा विष्ट पुरस्कृत भएका छन् । विष्टलाई त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको शंखरत्न पत्रकारिता पुरस्कार वितरण गरिएको हो । उनलाई शुक्रबार ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको हो । विष्ट पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य हुन् । 

विष्ट साढे २ दशकदेखि पत्रकारिता पेशामा संलग्न छन् । शंखरत्न पत्रकारीता पुरस्कार यसै बर्ष स्थापना गरिएको पत्रकार महासङ्घका अध्यक्ष ईन्द्र गिरीले बताए । जिल्लामा बसेर सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ त्रिरत्नले एक लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरेको अध्यक्ष जेनी शाक्यले बताईन् । महासंघको साधारणसभामा उक्त रकमको ब्याजबाट प्रत्येक बर्ष एक जना सक्रिय पत्रकारलाई ११ हजार १११ रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गरिने छ ।