धनकुटा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धनकुटामा छिमेकी मुलुक भारतको विहारबाट आएका ब्रह्माकुमारी दिदी बहिनीहरुलाई एक कार्यक्रम विच स्वागत गरिएको छ । धनकुटा लगायतका ठाउँहरुको तीन दिने अवलोकन भ्रमणका लागी आएका छिमेकी मुलुकका ब्रह्माकुमारी दिदीबहिनीहरुलाई धनकुटा सेवा केन्द्रले स्वागत गरेको हो । भारतको अररिया जिल्लाको जोगवनी र फारविसगंजबाट आएका ब्रह्माकुमारी दिदीबहिनीहरुले पुर्वी नेपालका तेह्रथुम तथा  धनकुटामा रहेका पर्यटकीय क्षेत्रहरु बसन्तपुर , सिधुवा, हिले, पाख्रिबास, भेडेटार, नमस्ते झरना लगायतका पर्यटकीय क्षेत्रहरूको अवलोकन भ्रमणका लागी आएको बह्मा कुमार मनोज  सिंहले जानकारी दिएका छन । भ्रमण टोली लाई धनकुटा सेवा केन्द्रकी संचालिका निर्मला दिदी लगायतले स्वागत सम्मान गरेका थिए ।  vv