इटहरी । बालबालिकाको हक अधिकार संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था भ्वाइस अफ चिल्ड्रेनले सुनसरीमा सञ्चालित कार्यक्रमको हालसम्मको मुख्य उपलब्धीहरु सार्वजानिक गरेको छ । 

बुधवार इटहरीमा आयोजित अनलाइन बाट हुने बालयौन दुव्र्यवहार विरुद्ध विषयक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रमका बिच उपलब्धीहरु सार्वजनिक गरेको हो । 

भ्वाइस अफ चिल्ड्रेनले सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा बालबालिका माथी अनलाइनबाट हुने यौनजन्य दुव्र्यवहार र शोषण बिरुद्ध सञ्चालित कार्यक्रम अन्तरगत संस्थाले सुनसरीमा नगर तथा वडा स्तरीय १२ वटा बालअधिकार समितिहरु गठन गरेको संस्थाले जनाएको छ । 

वि.स. २०७८ देखी किन्डर नोथ लाइफ जर्मनी र बि एम जेको सहयोगमा सञ्चालित बालबालिका बिरुद्ध हुने साइबर अपराध रोक्न इन्टरनेटमा थप सुरक्षा र संरक्षण नामक परियोजना सञ्चालनमा रहेको र जस अन्तरगत इटहरीका १९ वटा सामुदायिक विद्यालयका शिक्षक अभिभावक संघका सदस्यलाइ अनलाइनबाट हुने बालयौन दुव्र्यवहार सम्बन्धी तालिम प्रदान गर्दै समस्यामा परेका ७ बालबालिकालाइ सहयोग हुने ,बाल क्लवलाइ अनलाइन बालयौन दुव्र्यवहार रोकथाम बारे तालिम प्रदान गरेको संस्थाले जनाएको छ । यस्तै,साथीसँग साइबर सुरक्षका कुरा नामक १६ वटा रेडियो कार्यक्रम सञ्चालन गर्दै आएको छ । IMG_20221214_143953

,६ वटा रेडियो श्रोता बाल क्लव गठन साथै १५ विद्यालयका ५ सय ५४ जना बिद्यार्थीलाइ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको भ्वाइस अफ चिल्ड्रेन काठमान्डौकी कार्यक्रम व्यवस्थापक रोजिना कार्कीले जानकारी गराइन ।

 भ्वाइस अफ चिल्ड्रेन सुनसरी प्रमुख भरत थापाले परियोजनाको बारेमा अवगत गराएका थिए भने नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्काले पत्रकारिता आचार संहिताका बारेमा प्रस्ट पारेका थिए ।

फेसबुक, टुइटर, भाइबर जस्ता मध्यमबाट पनि हिसां हुने र बाल बालिका माथि हुने हिसालाइं घरबाट नै अन्त्य गर्नु पर्ने र स्थानिय सरकार ,स्कुल,कलेजले सहयोग गर्नुपर्ने लगायतका विषयमा कार्यशालाहरु संचालन गरिसकेको  भ्वाइस अफ चिल्डेनकी कार्यक्रम अधिकृत लिला भुजेलले जानकारी दिइन ।