इलाम । पछिल्लो केही वर्ष यता देखि पुर्वी नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनमा पिकनिक खानेहरुले समेत महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

  खास गरी जाडो मौषममा पिकनिक खानेहरु एक ठाउँबाट अर्काे ठाँउमा जाने क्रम वढीरहेसंगै आन्तरिक पर्यटन प्रवद्र्धनमा पिकनिकले  समेत महत्वपुर्ण योगदान पुर्याउन थालेको हो ।

   जाडो मौषम सुरु भएसंगै पुर्वका पर्यटकीय क्षेत्रहरुमा पिकनिक खानेहरुको भिडलाग्न थालेको छ । प्रदेश नम्बर १ कै एक पर्यटकीय क्षेत्र कन्याममा जाडो सुरु भएसंगै पिकनिक खान आउनेहरुको भिड लाग्न थालेको छ ।

   इलाममा धेरै पर्यटकीय क्षेत्र भएपनि सडक सञ्जालले नजिक रहेको कन्याम तराई क्षेत्रबाट आउने आन्तरिक पर्यटक तथा भारतीय पर्यटकहरुको मुख्य रोजाईमा पर्ने गरेको छ । जाडो मौषममा पिकनिक खान आउनेहरुको पनि प्रमुख रोजाईमा कन्याम पर्ने गरेको छ  । vlcsnap-2022-12-11-14h28m43s879  इलामको सुर्योदय नगरपालिकामा पर्ने पर्यटन प्रवद्र्धनका दृष्टिकोणले महत्वपुर्ण रहेको कन्याम क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने गरी नागरपालिकाले सडकआसपासको क्षेत्रमा टायल विछ्याउने , सिडीं वनाएर कन्यामलाई  आकर्षक वनाएको छ । 

चिसो हावापानी रहेको मन लोभ्याउने चिया वगान क्षेत्र र पिकनिक खानेहरुका लागि वनाइएका पिकनिक स्पोटहरुले मन लोभ्याउने भएपनि सरसफाई र पानीको राम्रो व्यवस्था नभएको पाइएको  वेलवारीबाट पिकनिक खान आएका बलराम शाह वताउछन । बर्षेनी कन्याम पिकनिक खान आफुहरु आउने गरेको सुनाउदै शाहले धेरै टोली आउने भएका कारण ठाउँ पाउन समस्या हुने गरेको समेत वताए । उनी  सरसफाई र पानीको राम्रो व्यवस्था गर्नु पर्ने सुझाव दिन्छन ।  vlcsnap-2022-12-11-14h28m52s956

 पहाडि क्षेत्रबाट तराई तिरका दृष्यावलोकन गर्न सकिने,चिया बगान ,घोडचढी , जातिय पोषाक लगाएर फोटो पाइने लगायतका आकर्षका कारण कन्याम आन्तरिक तथा पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । पर्यटकीय क्षेत्र इलामको कन्या घुम्न आउनेहरु आन्तरिक पर्यटकहरुको संख्यालाई मध्यनजर गर्दै कन्यामलाई सिगारिए पनि पिकनिक स्पोटहरुमा पानी र सरसफाईको  राम्रो व्यवस्था नभएको अन्य आन्तरिक पर्यटकहरुले गुनासो गरेका छन ।  ठाउँ रमणीय  छ तर पानीको राम्रो व्यवस्था नभएका कारण पिकनिक खान आउनेहरुले समस्या हुने गरेको बेलबारी कै रोमा बिसुखे वताउछिन । उनले पनि   पानी र सरसफाई राम्रो गरिनु पर्नेमा जोड दिइन ।IMG_0758

पिकनिक तथा घुम्न आउनेहरुको संख्या धेरै भएका कारण सवारीका साधानहरु समेत धेरै हुने हुँदा पाकिंगको समेत समस्या भएको देखिन्छ । इलाममा अन्य पर्यटकीय क्षेत्र भएपनि आन्तरिक तथा छिमेकी मुलुक भारतवाट आउने पर्यटकहरुको मुख्य रोजाईमा कन्याम पर्ने गरेको छ । यातायातको सहजताले गर्दा कन्याम पुगेर एकै दिन फर्कन सकिने भएको कारण पनि  पुर्वी तराई र छिमेकी मुलुक भारतवाट समेत जाडो मौषममा पिकनिक खान ठुलो संख्यामा पर्यटकहरु कन्याम आउने गरेका छन ।