इटहरी । विज्ञान विषयको महत्वका साथै विद्यार्थीहरुको आकर्षण वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले आयोजना गर्दै आएको साइन्स ओलम्प्याड तेस्रो संस्करण सुरु हुने भएको छ ।

     विगत दुई वर्ष देखि सुनसरी र मोरगंका विज्ञान विषय पढाई हुने विद्यालयहरुका विद्यार्थीहरुको सहभागितामा सञ्चालन गरिदै आएको साइन्स ओलम्प्याड यस वर्ष पनि आयोजना गरिने कलेजले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

    विद्यार्थी तथा अभिभावकहरुलाई विज्ञान विषयको महत्व , विज्ञान विषय किन पढ्नु पर्छ , विकास निर्माण कार्यका लागि विज्ञानको महत्व केछ जस्ता विषयवस्तुलाई उज्जागर गर्न सुषमा गोदावरी कलेजले साइन्स ओलम्प्याड कार्यक्रम सञ्चालन गर्दै आएको कलेजका प्राचार्य बोधराज नेपालले जानकारी दिए।WhatsApp Image 2022-12-02 at 16.24.12

साइन्स ओलम्प्याड सञ्चालन गरिने विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय स्तरमा आयोजना भएको साइन्स ओलम्प्याडमा अवार्ड हासिल गर्न सफल विद्यार्थी कपिल शर्मालाई सम्मान समेत गरियो । सो अवसरमा अवार्ड पाउन सफल विद्यार्थी शर्माले साइन्स कक्षामा अध्ययन गरेका पाठ्यपुस्तकका साथै वाहिरी प्रश्नहरु समेत सोधीने भएका कारण धेरै कुरा सिक्न पाइने रहेछ भनेर आफनो अनुभव सुनाए ।

शनिवारबाट सुरु हुने साइन्स ओलम्प्याड कार्यक्रम कलेजका साइन्स कोडिनेटर रञ्जन भट्टराईको संयोजकत्व रहेको कलेजका निर्देशक पेशल पोखरेलले जानकारी दिए । विज्ञान विषयको ओलम्प्याड अन्तराष्ट्रिय स्तरमा समेत विद्यार्थीहरु विच प्रतियोगिताका रुपमा सञ्चालन हुने सो अवसरमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा कलेजका सञ्चालक ज्ञानेन्द्र दाहाल,सुकदेव घिमिरे  लगायतको सहभागिता रहेको थियो ।