इटहरी । विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा २ दिने तालिम इटहरीमा सम्पन्न भएको छ । प्राकृतिक प्रकोप तथा विपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ । कसरी बिपद जोखिम व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्लान इन्टरनेशनल नेपाल र सामुदायिक समाज उथ्थान केन्द्रको साझेदारीमा तालिमको आयोजना गरेको थियो । सुनसरीका ६ वटा स्थानीय तह धरान उपमहानगरपालिका,रामधुनी नगरपालिका,इनरुवा नगरपालिका,दुहवी नगरपालिका  ,वराहक्षेत्र नगरपालिका र गडी गाउँपालिकामा संचालित नेतुत्व र निर्णय परियोजना संचालन भइरहेको र उक्त परियोजना अन्तर्गत तालीम आयोजना गरिएको परियोजना संयोजक निशा पराजुली बताउछिन् । तालिममा बिपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धि अभ्याश सहित प्रशिक्षण गराइएको सशस्त्र प्रहरी निरिक्षक उतम बस्नेतले जानकारी दिए । jj

नेपाल विभिन्न विपद्का दृष्टिले उच्च जोखिममा रहेको कारण यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सचेतनाको खाँचो रहेको र यस किसिमका चेतना मूलक कार्यक्रम प्रभावकारी हुने प्रदेश १ विपत व्यवस्थापन समिती सदस्य रामकुमार दाहल बताउछन । 

१८ वर्षदेखी २४ वर्ष उमेर समुहका युवाहरुलाइ लक्षित गरी सञ्चालन गरिएको तालिमबाट प्राप्त व्यवहारिक र प्रयोगात्मक ज्ञान विपदका समय प्रभावकारी सावित हुने संस्थाको विस्वाश रहेको छ ।