इटहरी । महिला अधिकार र हकहितका लागि लामो समयदेखि काम गर्दै आएको महिला आधारशिला सुनसरीको आयोजनामा तीन महिने निसुल्क नायव सुव्वाको लोकसेवा तयारी कक्षा बुधबारदेखि इटहरीमा सुरु भएको छ ।  

पाथीभरा जव लिंक र न्यु भिजनको सहकार्यमा हुँदै गरेको लोक सेवा तयारी कक्षाको बुधबार एक कार्यक्रमका बिच संविधान सभा सदस्य अनिता परियारले उद्घाटन गरेकी छन् । प्रमुख अतिथीको रुपमा उपस्थित भएकी परियारले महिला अधिकार संबन्धि तीन वटा प्रश्न सहभागिलाई सोध्दै कार्यक्रमको फरक ढंगले उद्घाटन गरेकी हुन । 

महिलाहरुलाई नै लक्षित गरेर सुरु गरिएको तालिम कार्यक्रममा इटहरी आसपास नै बसोबास गर्ने १५ जना महिलाहरु सहभागि भएका छन् । कार्यक्रममा बोल्दै सहभागि महिलाहरुले आफुहरुले खोजीरहेको लोकसेवा तयारी कक्षा निशुल्क रुपमै दिएकोमा आयोजक महिला आधारसिला र पाथिभरा जवलिँकलाई धन्यवाद दिएका थिए । 

सहभागिलाई हौसला दिँदै प्रमुख अतिथी तथा संविधान सभा सदस्य अनिता परियारले सहभागिमा उच्च मनोवल हुनुपर्ने बताइन । महिलाका क्षेत्रमा काम गरिरहेको महिला आधारशिलाले महिलाकै लागि लोकसेवा तयारी कक्षा सन्चालन गरेकोमा खुसि लागेको बताउँदै प्रमुख अतिथी परियारले कार्यक्रमबाट भरपुर फाइदा लिन सहभागी महिलाहरुलाई अनुरोध गरिन । 

कार्यक्रममा बोल्दै विशिष्ट अथिती एंव नेपाल सरकार विज्ञापन बोर्डका सदस्य एंव पाथिभरा जव लिँक तथा पाथिभरा एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक पवन अधिकारीले जुन सुकै पेशामा आवद्ध हुन पनि सिप हासिल गर्नुपर्ने भएकाले महिला आधारशिलाले महिलाहरुको लागि आयोजना गरेको लोकसेवा तयारी कक्षा महिलाको क्षमता अभिवृद्धि तथा तयारीको लागि राम्रो अवसर भएको बताए । उनले सिप तथा दक्षता हासिल गरे लोकसेवामात्रै नभएर नीजि क्षेत्रमा समेत जागिर पाउन सहज हुने बताउँदै सिप र क्षमता वृद्धि गर्न तिर लाग्न सहभागिलाई अनुरोध गरेका थिए । अधिकारीले लोकसेवामा नाम निकाल्नु सहज नभएपनि मेहनत गर्नेलाई असम्भव भन्ने केही नहुने बताए । 

कार्यक्रममा न्यु भिजनका प्रतिनिधि ले न्यु भिजनले नियमित लोकसेवा तयारी कक्षा दिने र समयको ख्याल गर्दै कक्षामा उपस्थित हुन अनुरोध गरेका थिए । महिला आधारसिला सुनसरीकी कल्पना लिम्बुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम संस्थाकी अध्यक्ष सुशिला उप्रेतीले संचालन गरेकी थिइन ।