इलाम । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाकको शुक्रबार समुदघाटन गरिएको छ । सूर्योदय नगरपालिकाका प्रमुख (मेयर)रणबहादुर राइले औपरचारिक रूपमा उदघाटन गरेसंगै स्काइ वाक आन्तरिक एवम बाहिय पर्यटकहरूका लागि खुलला गरिएको छ । 

 मेची राजमार्ग अन्तरगत कन्याममा करीब ५ करोडको लागतमा र्निाण सम्पन्न भएको उक्त स्काइ वाच समुदघाटन कार्यक्रममा चर्चीत नायिका बर्षा राउत र चर्चीत गायीका एलीना चौहानको लगायत टिकटक स्टारहरूको पनि उपस्थिती रहेको थियो ।

समुदघाट कार्यक्रममा सुर्याेदय नगरपालीकाका प्रमुख रणबहादुर राइले यस क्षेत्रमा स्काइ वाकको निर्माण संगै आन्तरिक तथा बाहिय पर्यटकहरू आकर्षित हुने र पर्यटकीय नगरी रहेका कारण यस क्षेत्रको पर्यटन प्रवर्दनका निमित्त नगरपालीकाले बिभिन्न बहु उपयोगी योजनाहरू ल्याएको बताए । vlcsnap-2022-11-05-07h45m15s531

महिलाहरूको लगानी रहेको स्काइ वाकलाइ कन्याम क्लाउड प्रालिले निर्माण गरेको हो । निजी क्षेत्रबाट लगानी भएको यस पर्यटकीय केन्द्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । सिसामाथि हिँड्न पाइने भएकाले यसलाई स्काई वाक (आकाशको हिँडाइ) भनिएको हो ।

डेढ वर्षअघि निर्माण थालिएको यस परियोजना भर्खरै निर्माण सम्पन्न भएको हो । यसको यही कात्तिक १८ गते औपचारिक उद्घाटन गरिएको हो । परियोजनाअन्तर्गत सुविधा सम्पन्न रेष्टुरेन्टहरू समेत निर्माण गरिने प्रालीले जनाएको छ । रेष्टुरेन्टसँगै पिङ एवं साहसिक पर्यटनकै रूपमा लठ्ठामा साइकल कुदाउन पाइने गरी निर्माणका कामहरू अघि बढेको वण्डर्स नेपाल प्रालीका सञ्चालक सुनिल भुसालले बताए । WhatsApp Image 2022-11-04 at 16.04.46


यो नेपालकै पहिलो र नौलो परियोजना भएको कम्पनीले दावी गरेको छ । सिँढी चढ्दै गएपछि सिरानको तलामा चार मिटर चौडा र सात मिटर लम्बाइ भएको सिसा राखिएको परियोजनाका इन्जिनियर सञ्जीव रोकाले बताए । उहाँका अनुसार यहाँबाट मुनि हेर्दा पर्यटकीय कन्यामको हरियाली एवं चियाबारी देख्न सकिन्छ  । WhatsApp Image 2022-11-04 at 16.04.48

नयाँ पर्यटकीय गन्तव्यका रूपमा रहेको यस परियोजनाले अझ पर्यटक थप्ने अपेक्षा लिइएको छ । नगरमा पर्यटकको सङ्ख्या वृद्धि गराउन नयाँ र साहसिक पर्यटकीय गन्तव्यका रूपमा यस परियोजनालाई लिइएको बताइएको छ । 

नोट ः फुटेज एफटिपीमा आएको छ ।