झापा । स्व.देवीप्रसाद भट्टराईको स्मृतिमा निर्माण गरीएको मन्दीर नीजको परीवारले झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको श्री हरिभक्त सेवा संघ शाखालाइ हस्तान्तरण गरेको छ । रू एक करोडको लागतमा मन्दिर निर्माण गरी आज बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्दन, वडा नं. ९ का वडाध्यक्ष भीष्म मिश्र, दिवंगत भट्टराईकी पत्नी श्रीमाया भट्टराई तथा छोरा निर्मल भट्टराई , बुहारी सुमित्रा भट्टराई लगायतले मन्दिर परिसरमा निमार्ण गरिएको शिलालेखको अनावरण पश्चचात समितिलाई हस्तानतरण गरेका  थिए ।hhj नवनिर्मित भवनका लागि स्वर्गीय देवीप्रसादले २ कठ्ठा १ धुर जग्गादान दिएका थिए । सो जग्गामा मन्दिर निर्माण गर्ने सोचका साथ भवन बनाए पनि उनको  २०७७ कात्तिक १७ गते कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । पिता देवीप्रसादले आफ्नो माता–पिता कर्णबहादुर र खिनमायाको स्मृतिमा मन्दिर निर्माण गर्ने सोच बनाउनु भएको छोरा निर्मल भट्टराईले जानकारी दिए । युवा व्यवसायी तथा समाजसेवी निर्मल भट्टराई उनकी श्रीमती सुमित्रा  र आमा श्रीमाया भट्टराईले उक्त जग्गाको धनिपूर्जा वडा ९ का वडाध्यक्ष भीष्म मिश्र, नगर प्रमुख बलदेव सिंह गोम्देन तथा मन्दिरको अध्यक्ष शान्ता विष्टलाई हस्तानतरण गरेका थिए । सो कार्यक्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।