इटहरी । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न इटहरी क्षेत्रमा खटिने म्यादी प्रहरीहरुको लागि तालिम सुरु गरिएको छ । निर्वाचनलाई भयरहित ,निश्पक्ष र सुरक्षित वनाउन केन्द्रको सुरक्षा नीति अनुसार नै इटहरीमा खटिने म्यादी प्रहरीहरुका लागि दश दिने तालिम सुरु गरिएको हो । केन्द्रको नीति अनुसार नै निर्वाचनलाई भयरहित , निश्पक्ष र सुरक्षीत रुपमा सम्पन्न गर्न तालिमको दिन थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले वताए । उनले दस दिन सम्म सञ्चालन हुने तालिममा म्यादी प्रहरीहरुलाई कसरी निर्वाचनमा सुरक्षा प्रदान गर्ने भन्ने विषयमा तालिम प्रदान गर्ने जानकारी दिए  । इटहरी क्षेत्रमा २ सय ९ जना पुरुष र १ सय ३८ जना महिला म्यादी प्रहरी निर्वाचनका लागि खटिने छन । dff