इटहरी ।  ३२ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर सुनसरीको इटहरीमा १० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । ज्येष्ट नागरिक नगर समन्वयन समितिले  अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा एक सय चार वर्षिया रत्नमाया खतिवडा सहित १० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिक नगर समन्वयन समिति इटहरीका अध्यक्ष पुण्य प्रसाद न्यौपानेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको अन्तराष्ट्यि जेष्ठ नागरिक दिवसको सन्र्दभमा आयोजना गरिएको सम्मान कार्यक्रममा एक सय वर्षिया पवित्रा खतिवडा, ८९ वर्षिय पे्रम प्रसाद खनाल,९६ वर्षिय कवि खड्ग प्रसाद खतिवडा,९८ वर्षिया मनोरथा खत्रि,८९वर्षिय डिल्लिराम न्यौपाने,८०वर्षिय चुडामणि मिश्र,९४ वर्षिय शिवप्रसाद निरौला,९८ वर्षिया श्री जालपा देवि कोइराला र ८५ वर्षिय शमसेर बहादुर खड्कालाई सम्मान गरियो । सम्मानित ज्येष्ठ नागरिकहरुलाई  नगरप्रमुख  पौडेलले नगद एक हजार सहित सम्मान पत्रले सम्मान गरेका हुन । कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास शाखाकी प्रमुख भोजकला दवाडी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

sd