काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा 'वर्ल्डलिंक फेस्टिभिटी' अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् ।

पहिलो प्याकेज 'फास्ट अफर' अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० एमबीपीएस इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

'२ राउटर्स' प्याकेज अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले नोकिया  बिकन १.१ मेश राउटर, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने 'स्मार्ट अफर' अन्तर्गत मात्र रु १,०५० प्रति महिना  (वार्षिक सदस्यता) नोकिया बिकन १.१ मेश राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा साथमा   सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक नेटटिभी मात्र रु १५० मा प्राप्त गर्ने छन् । 

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध छ । साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागु हुनेछ ।

सम्पूर्ण नेपालीहरु माझ महान् चाडपर्वको पावन अवसरमा सबैमाझ छिटो र भरपर्दो इन्टरनेटका साथै खुशियालि र मनोरञ्जन पुर्याउने वर्ल्डलिंकको चाहना छ। वर्ल्डलिंकले देश र जनताहरुलाई इन्टरनट संग जोड्न देशभर धेरै मद्दत पुर्याएको छ। यसै क्रममा वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेट संगै भ्यालु एडेड सर्भिस पनि प्रदान गर्दै आएको छ । जस अन्तर्गत 'वाई-फाई एक्सप्रेस' द्वारा देश भर १४,००० भन्दा धरै वाई-फाई हट स्पोट्समा फ्री- वाई-फाई प्रदान गरिरहेको छ । साथै सेवा अवरुद्ध भएको २ घण्टा भित्र सेवा पुनर्स्थापना नभएमा २ दिन इन्टरनेट सेवा निःशुल्क प्रदान गर्दछ । 

नेटटिभी फेस्टिभिटी अफर 

दशैं चाडबाडको पावन अवसरमा, नेपालको  अग्रणी  सेवा  प्रदायक नेटभिटीले 'नेटभिटी फेस्टिभिटी' दशैं अफर  ल्याएको छ।  यस दशैँ अफरमा नेटभिटीले  टिभी र नेटभिटी सब्सक्रिप्सनको बन्डल अफर   एकदम सुपथ मुल्यमा बजारमा ल्याएको छ ।

'नेटटिभी फेस्टिभिटी' अफर अन्तर्गत नेटटिभीको सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा  उपभोक्ताले यसुदाको  ३२ इन्च को  वाईएस-३२ एनडब्लुएन मोडल एलइडी टिभी वा ४३ इन्च को वाइएस- ४३ एनडब्लुएस मोडलको बेजेल-Lलेस स्मार्ट टिभी खरिद गर्ने सक्नेछन् । ३२ इन्चको टिभीको नेटटिभी सेट टप  बक्स  र एक वर्षे  प्लानको मूल्य  भ्याट सहित रु  १४,९९९ रहेको छ भने ४३ इन्च टिभीको नेटटिभी सेट टप  बक्स र एक वर्षे प्लानको मूल्य भ्याटसहित  रु २९,२९९ रहेको छ । दुवै प्लान मा सेट टप बक्स को डिपोजिट रु ५०० लाग्नेछ ।

नेटटिभी स्ट्रिमज प्लस  जस्तो मनोरंजन  प्रविधि  छेत्रको नौलो  सेवा नेपालमै  पहिलो  पटक ल्याएर ,  नेटटिभी नेपालको  पहिलो गुगल सर्टिफाइट एन्ड्रोइड टिभी अपरेटर बन्न सफल भएको छ  । चाडबाडको  माहोलमा  आफ्नो  उच्च  गुणस्तरीय  मनोरंजन  सेवालाई  बजारमै  सब भन्दा  कम मूल्य मा  उच्च  गुणस्तरीय टिभीसँग उपभोक्तामाझ  ल्याई  'नेटटिभी फेस्टिभिटी' अफरले अफरले दशैं  को  माहोललाई अझै हर्षोउल्लासमय बनाउने नेटटिभीको उदेश्य छ ।