इटहरी  । महिला तथा बालबालिका माथि हुँदै आएको हिंसा विरुद्ध शसक्त अभियान सञ्चालन गर्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाजको तेस्रो बार्षिक उत्सव सुनसरीको इटहरीमा सम्पन्न गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा तेस्रो बार्षिक उत्सव आयोजना गरिएको हो ।  इटहरीको दुर्गा पाटी प्यालेसमा आयोजना गरिएको बार्षिक उत्सवका अवसरमा विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरियो । भने आजीवन सदस्यहरुलाई प्रमाण पत्र वितरण समेत गरियो ।dfgg कार्यक्रमका वक्ताहरुले महिला तथा बालबालिकाहरु माथि हुँने सबै प्रकारका हिसा रोक्न सबैको योगदान महत्वपुर्ण हुनु पर्नेमा जोड दिएका छन । कार्यक्रम सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल, निसाहय बालबालिका सेवा केन्द्रकी सञ्चालिका गिता गौतम लगायतका अतिथीहरुको समेत सहभागिता रहेको थियो ।