सुनसरी ।  धर्तिकै पहिलो स्थल मानिने सुनसरीको बराहक्षेत्रमा धार्मिक अनुष्ठान तथा प्रवचन हल लगायतका भौतिक संरचना निर्माणका सहयोगार्थ धरानमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।  धार्मिक अनुष्ठान ,प्रवचन हल सहित १४ कोठाको धर्मशाला निर्माण गर्ने लक्ष्य अघि सारिएकोमा सोही कार्यमा सहयोग पुर्याउने उद्धेश्यले धरानको गिता मन्दिरमा महापुराण सुरु गरिएको हो । महापुराणको पुर्व सन्ध्यामा  शान्ति शोभायात्रा र मण्डप पूजा गरिएको थियो भने  कथा वाचन समेत सुरु गरिएको छ ।  महायज्ञ आयोजनाको मुख्य उद्देश्य बराहक्षेत्रमा निर्माण भइरहेका भौतिक संरचना निर्माण कार्यममा सहयोग गर्नु रहेको  महायज्ञ आयोजक मुल समितिका संयोजक पितरुमल अग्रवालले जानकारी दिएका छन ।hgh

धर्तिकै पहिलो तिर्थ स्थलका रुपमा पुजिने बराहक्षेत्रमा अझै पनि धार्मिक अनुष्ठान, बचन हल र प्रयाप्त धर्मशाला नहुदाँ भक्तजनहरुलाई समस्या हुँदै आएको छ । त्यसैलाई मध्यनजर गर्दै आयोजना गरिएको पुराणमा पं योगेश भण्डारी र श्याम पौडेलबाट कथा बाचन र पाठपरायण हुदै छ । महाज्ञयबाट बराहक्षेत्रमा निर्माण भईरहेका निर्माण कार्यमा सहयोग पुग्ने अपेक्षा गरेको पण्डित योगेश भण्डारीले जानकारी दिए ।

पवित्र कोकाहा कौशिकी नदीको संगम स्थलमा रहेको बराहक्षेत्र धामसम्म पुग्न विगतमा बाबटो अप्ठयारो रहेको भएपनि अहिले सडक निर्माण कार्य सम्पन्न भएकाले सहज भएको छ । महायज्ञ अन्तरगत कलशयात्रा र मण्डप पुजाको अवसर पारेर संस्कृत तथा नेपाली भाषाका विद्धान धार्मिक व्यक्तित्व पुरुषोत्तम भट्टराईलाई सम्मान गरिएको थियो ।