इटहरी । इटहरी व्यस्त तथा मानवीय चाप धेरै रहेको १ नम्बर प्रदेश कै एक विकसीत सहर हो । १ नम्बर प्रदेशको व्यापारिक हवका रुपमा समेत विकसित भई रहेको इटहरीको मुख्य चोक क्षेत्र तथा बजार क्षेत्रमा  सार्वजनिक शौचालय नभएका कारण समय समयमा आलोचना समेत हुदै आएको थियो । यसै विच इटहरीको मुख्य चोक क्षेत्र रेयुकाई चौतारीमा अपागं तथा बालमैत्री शौचालय निमार्णका लागि शिलान्यास गरिएको छ । इटहरी क्षेत्रमा आउने आगन्तुहरुले मुख्य चोक,बजार क्षेत्रमा सार्वजकि शौचालय नहुँदा निकै सास्ती भोग्दै आएका थिए ।dsdd

इटहरी चोकमा राखिने प्रतिमाका विषयमा सौन्दयकरणको चर्चासंगै बसह सुरु हुदै आएको थियो । पहिले पुर्व राजा विरेन्द्रको शालिक रहेको स्थान भएकाले  पुन पुर्व राजा विरेन्द्र कै शालिक राखिनु पर्ने कतिपयले  तर्क गर्दै आएका थिए भने कतिपयले इटहरीको साझा पहिचान झल्कने कुरालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिदै आएका थिए । यसै विच सो स्थानमा इटहरीको पहिलो जाती थारु सहित  हिमाली , पहाडी , मधेशीको प्रतिमा र माथि पटी इटा र हरिस समावेश गर्न लागिएको स्रोतले वताएको छ । Capture

   इटहरीको पहिलो जाती थारु समुदायको महिलाको प्रतिमा पुर्व तर्फ अन्य तर्फ हिमाली , पहाडी र मधेशीको प्रतिमाले इटा र हरिस बोकेको इटहरीको पहिचान समेटिने गरी राखिने तयारी गरिएको छ । यसरी साझा पहिचान झल्कने गरी चोकलाई सौन्दर्यकरण गरिने तयारीका साथ काम भई रहेको वुझिएको छ । 

 यसै विच कतिपयले पुर्वपश्चिम राजमार्ग समेत विस्तार हुने हुँदा मुख्य चोकमा निर्माण गरिने भौतिक पुर्वाधार भत्कने भन्दै अहिले सौन्दर्यकरणका नाममा खर्च गर्नु नहुने तर्क समेत राख्दै आएका छन ।