विराटनगर । मिम नेपालको आयोजनामा ११ भदौबाट सुरु भएको अल नेपाल ुस्ड्याण्ड अप कमेडी टुर कलेज तिरु आज बुटवलमा सम्पन्न भएको छ ।   डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन रहेको ुस्ड्याण्ड अप कमेडी टुर कलेज तिरु विर्तामोड , विराटनगर र भरतपुर चितवनमा भएको थियो भने आज १७ गते बुटवलमा सम्पन्न भएको छ ।  

विराटनगरको विराटनगर इन्टरनेशनल कलेजमा सम्पन्न टुरमा उल्लेख संख्यामा दर्शकको उपस्तिथि रहेको थियो । विराटनगर टुरमा उपस्थित दर्शकको भिडले टुर सफल भएको प्रष्टै देखिएको थियो । 

बिर्तामोडबाट सुरु भएको ुस्ड्याण्ड अप कमेडी टुर कलेज तिरु  पछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडौंका विभिन्न कलेजहरुमा आयोजना हुने जनाइएको छ । 

टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा, सुजन जिम्बा लगायतका कमेडियनहरुको सहभागिता रहने आयोजक संस्थाले जानकारी दिए । पहिलोपटक यसरी आयोजना भएको टुरमा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । 

टुरको माध्यमबाट दर्शकले ४ फरक कमेडी गर्ने कमेडियनका प्रस्तुति हेर्न पाएका छन् । ुस्ड्याण्ड अप कमेडी टुर कलेज तिरु मा सहभागी कमेडियनहरु निकै उत्साहित देखिएका छन् ।