इटहरी । सामाजीक कार्यमा सक्रीय रहदै आएको हाम्रो अभियान नामक संस्थाले शुक्रवार इटहरीमा एक कार्यक्रमको आयोजना गरी राजनैतीक,आर्थीक,सामाजीक,साँस्कृतीक हाम्रो अभियान सञ्चालन गर्ने उद्घोष गरेको छ । नेतृत्वमा इमान राजनीतिको सान,शुसासनयुक्त र भ्रस्टचारमुक्त नेपाल हाम्रो अभियान भन्ने मुल नारालाइ आत्मसाथ गर्दै सञ्चालन भइरहेको उक्त संस्थाले देशका समग्र बेथितीका बारेमा जनतालाइ सुसुचीत गर्ने गरी हाम्रो सामाजीक राजनीतिक अभियान सञ्चालन गर्ने उद्घोष गरेको हो । संस्थाले भ्रस्टचारको अन्त्य,निःशुल्क शीक्षा,भोट कीन्ने परीपाटीको अन्त्य लगायतका ९ उद्देश्य समावेस गरीएको अवधारणा पत्र सार्वजानीक गरेको छ । गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष बितीसक्दा पनी जनताको जीवनस्तरमा खासै परीवर्तन हुन नसकेको साथै राज्यका कुनैपनी क्षेत्रमा आशालाग्दो बिकास हुन नसकेको लगायतका कुरा जनतालाइ सुसुचीत गराउने संस्थाको उद्देश्य रहेको अवधारणा पत्रमा उल्लेख गरीएको छ । किन रााज्य प्रणली आफ्नो लयभन्दा बाहीर छ र देशको राष्ट्रीयता, जनताले किन परीवर्तनको अनुभुती गर्न सकीरहेको छैन लगायतका जनताका विषयहरुमा उक्त कार्यक्रममा उपस्थीत वक्ताहरुले आगामी निर्वाचनमा स्वतन्त्र उमेरदवारलाइ समर्थन जनाउनुपर्ने,प्रदेश संरचना खर्चीलो भएको कारण विकल्प खोज्नुपर्ने लगायतका विषयमा बोलेका थिए ।