कानेपोखरी/ मोरङको कानेपोखरी आयोजित कानेपोखरी महत्सवमा सहभागि हुन मंगलबार कानेपोखरी आएकी नायीका एवम नेत्री रेखा थापाले दर्शकलाई फल्याईङ किस दिएकी छिन् ।
संघिय निर्वाचनमा मोरङ ३ बाट निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेकी थापाले दर्शकलाई फल्याईङ किस दिदा दर्शकहरु उत्साहित भएका थिए ।
मंगलबार मोरङको कानेपोखरी आयोजित कानेपोखरी महोत्सवमा भाग लिन आउनु भएकी थापाले कार्यक्रमलाई सम्वोधन गर्दै मङ्सिर ४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने बताएकी हुन् ।
राप्रपाको केन्द्रीय समेत रहेकी रेखा थापा आफ्नो गृह जिल्ला मोरङबाट उम्मेदवारी दिने भए सगै मोरङ क्षेत्र नम्बर ३ लाई यो पटक रोचक ढङ्गले हेरिएको छ ।
राप्रपाका अलवा मोरङ ३ मा नेपाली कांग्रेसका तर्फबाट डा. शुनिल शर्मा र नेकपा एमालेका तर्फबाट पुर्व मन्त्री भानुभक्त ढकाललको उम्मेदवारी रहने चर्चा चलेको छ ।