झापा  ।  सिमसार क्षेत्र,बन्यजन्तुको संरक्षण सहित मनोरञ्जनका लागि विभिन्न कृतिम आकर्षणले सजाइएको झापाको जानमुन खाडीमा पछिल्लो समयमा थप वन्यजन्तुहरु राखिएपछि आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्धेश्यले पछिल्लो समयमा कृतिम मनोरञ्जनका क्षेत्रहरु समेत वनाउने क्रम झापामा पनि वढी रहेको छ । कृतिम रुपमा सजाईएका फन पार्कहरुका कारण पहिलेको तुलनामा प्राकृतिक मनोरम क्षेत्र जामुन खाडीमा घुम्न आउने आगन्तुहरुको संख्या घट्न थालेको छ ।


पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न किसिमका मनोरम क्षेत्रहरु वनाउने क्रम पुर्वी नेपालमा पनि वढी रहेको छ । यसरी बनाइने पर्यटकीय क्षेत्रहरुमा प्राकृतिक भन्दा पनि कृतिम सामाग्रीहरुले स्थान पाउन थालेका छन । प्रदेश नम्बर १को पुर्वी जिल्ला झापामा पनि फन पार्कहरु निर्माण हुने क्रम बढी रहेका छन । यस्ता फन पार्कहरुमा कृतिम रुपमा वनाइएका पशुपंक्षीहरु आकर्षणका रुपमा राखिने गरिएको छ । कृतिम रुपमा वनाइएको सिमसार तथा वन्यजन्तुहरुको प्रतिमाले एका तर्फ आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गरिएको छ भने प्राकृतिक रुपमै रहेको सिमसार सहितका वन्यजन्तु सहितको चिडियाखाना सहितका पर्यटकीय क्षेत्रहरु ओझेलमा पर्न थालेका हुन । त्यसैको प्रभावमा पर्न थालेको छ , झापाको जामुन खाडी सिमसार क्षेत्र । अन्य ठाउँमा पनि पर्यटकीय क्षेत्रहरु वनाउन थालिए पहिलेको तुलनामा आन्तुकहरु घटेको त्यहाका कर्मचारीहरु वताउछन ।

दुई वर्ष अगाडि झापाको दक्षिणि भेगबाट समातेर ल्याएको चितुवा जामुनखाडि सिमसारमा अहिले आगन्तुकहरुको आकर्षण वन्न थालेको छ । प्रत्यक्ष रुपमा जंगली हिसंक जनावर चितुवा हेर्न पाइने भएका कारण पनि जामुन खाडीमा आगन्तुकहरु आउने गरेका छन । त्यसै त चितुवा मात्र हैन जामुन खाडीमा अन्य जनावरहरु पनि संरक्षण गरेका राखेको देख्न सकिन्छ ।

जामुन खाडीमा घुम्न आएका आन्तरिक पर्यटक गोर्कण कार्की पहिले पनि  आएको र अहिले क्रमिक रुपमा जनावरहरु समेत थपिदै गरेको पाइएको वताउछन । अन्य विभिन्न ठाउँहरुमा पनि पर्यटकीय क्षेत्र वनाइएका छन त्यसैले समायानुकुल व्यवस्थित गरेर लानु पर्नेमा उनले जोड दिए ।

झापा जिललको कन्काई नगरपालिकामा रहेको जामुन खाडीमा अजिगर ,भालु , लाटेकोसेरो वन विरालो ,बाँदर ,ढेडु, खरायो लगायतका जिवजन्तु रहेका छन भने प्राकृतिक रुपमा हरियाली सहित विभिन्न प्रजातिका चराका प्राकृतिक वासस्थान भएको कारण पनि पर्यटकहरुलाई चराहरुले समेत लोभ्याउने गर्दछन । त्यसै गरी यहा रहेको पोखरीमा वोटिङ झोलुङ्गे पुलको मजा सहित बालबालिकाका लागि बाल उद्यान र  पिकनिक स्पोष्टहरुले पनि आन्तरिक तथा वाह्य पर्यटकहरुलाई जामुन खाडीले आकर्षित गर्ने गरेको छ ।fyhfgh 1