संखुवासभा । अमर स्रष्टा खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्र्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ । संखुवासभा सदरमुकाम खाँदबारीमा आओजित कार्यक्रममा श्रेष्ठलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान–पत्र प्रदान गरेको हो । यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार गायक भविन ढुंगानालाई प्रदान गरेको छ । २०२५ साल पुस ३ गते रेडियो नेपालमा म पत्थरको देवता होइन बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत र संगीतको क्षेत्रमा उदाएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् । दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुंगाना त्रिभुवन विश्वविद्यालयल ललितकला क्याम्पसका संगीत शिक्षक समेत हुन् । प्रतिभा पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ । वारि जमुना, पारि जमुना लगायत दर्जनौँ लोकप्रिय गीतका सर्जक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो । खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्ने लगायतका उद्देश्य राखेर २०७४ सालमा स्थापना गरिएको हो ।dfgfd