धरान । अपागंता भएका तथा असाहयहरुलाई आश्रयका साथै शिक्षा र सिप प्रदान गर्ने उद्धेश्यले १५ वर्ष अघि धरानमा अपांग तथा असहाय केन्द्र स्थापना गरियो । अपागंता भएका बालबालिकाहरुलाई विशेष गरी संरक्षण सहित भविष्य निर्माणका लागि सो केन्द्रले  शिक्षा सिप प्रदान गर्दै आएको छ ।  अपांगता भएका तथा असाहय बालबालिकाहरुलाई साहारा दिदै आएको केन्द्र आफै पनि दाताहरुको सहयोगले चल्दै आएको छ ।

 धरान उपमहानगरपालिका वडा नम्बर १मा रहेको  अपांग तथा असहाय केन्द्र । १५ वर्ष अघि अपाँगता भएका तथा असाहय बालबालिकाहरुलाई संरक्षण गर्ने उद्धेश्यले भीम राईले स्थापना गरेका केन्द्रले निरन्तर रुपमा उद्धेश्य अनुसार अपाँगता भएका तथा असाहय बालबालिकाहरुलाई आश्रयका साथै शिक्षा र सिप प्रदान गर्दै आएको छ । यसरी अपाँगता भएका तथा असाहय बालबालिकाहरुलाई आश्रय दिदै आएको केन्द्र सञ्चालनका लागि भने सरकारी स्तरबाट खासै सहयोग उपलव्ध छैन । केन्द्र सञ्चालनमा दाताहरुको सहयोग महत्वपुर्ण हुने गरेको छ । यहाँ जन्मदिन तथा बैवाहिक वर्षगाठ लगायतका उत्सव तथा चाडपर्वका समयमा दाताहरुले गर्ने सहयोगले केन्द्र सञ्चालनमा मर्मत पुग्दै आएको छ ।gg

  यही क्रममा धरान उपमहानगरपालिका वडा नम्बर १४का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले आफनो जन्मदिनको अवसर पारेर केन्द्रमा खाद्यान्न सहित स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छन । वडाध्यक्ष भट्टराईले अरुलाई पनि केन्द्रलाई सहयोग गर्न आग्रह गरेका छन । 

केन्द्र सञ्चालन गर्दै आएका भीम राईले वडाहरुले अपाँगता भएका बालबालिकाहरुका क्षेत्रमा काम गर्न थालेपछि उपमहानगरपालिकाले पनि आफनो दायित्व वुझने वताए । उनले उपमहानगरपालिकालाई पनि आफनो दायित्यव पुरा गराउन वडाध्यक्षहरुले भुमिका खेल्नु पर्नेमा जोड दिए ।

 

अपाँगता भएका बालबालिकाहरुलाई संरक्षण गरिदै आएको केन्द्रमा सहयोग गर्नु राम्रो काम भएको वताउदै अरुले पनि जन्मदिन मनाउदा होटलमा गएर खर्च गर्नू भन्दा यस्ता क्षेत्रमा गर्नु धरान वडा नम्बर १४की वडा सदस्य झरना मुखियाले वताइन । अपाँग तथा असाहय केन्द्र धरानमा हाल  २४ जना बालबालिका रहेका छन् । त्यसमध्ये धेरै अपांगता भएकाहरु  छन् ।