धरान । होटल म्यानेजमेन्ट पढाइको क्षेत्रमा पुर्व क्षेत्रमा नाम कमाएको धरानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ । पाँच तारे होटलहरुको सञ्चालन प्रकृयालाई विद्यार्थीलाई स्थलगत रुपमा अवलोकन सहित झापामा रहेको होटल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको हो । एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानजमेन्ट र म्यानजमेन्ट विषय संयुक्त रुपमा अध्ययनका लागि आएका विद्यार्थीलाई होटल मेची क्राउनका एचआर मेनेजर समिर संगा्रैलाले होटल क्षेत्रमा आफुले भोगेका अनुभवका विषयमा जानकारी गराए थिए । साथै संग्रौलाले विद्यार्थीहरुलाई होटल भिजिट समेत गराएको थिए ।dgff कलेजका विषयमा कार्यक्रम संयोजक संगित सिग्देलले विधार्थीहरुलाई सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई एलसीसीआईले तयार पारेको होटल म्यानेजमेन्ट सम्वन्धी पाठ्यपुस्तक,ब्याग, तथा होटल म्यानेजमेन्टका प्रयोगात्मक शिक्षामा प्रयोगहुने सामाग्रीहरु समेत उपलव्ध गराइएको थियो । hgrdf

fgfg