हरीतालीका तीजलाइ धार्मीक तथा साँस्कृतीक महत्व बोकेको चार्डको रुपमा लिने गरीन्छ । गीत सङगीतद्धारा आफ्ना भावना साटासाट गर्न हिन्दु महिलाहरु भेला भएर नाचगान तथा दर कार्यक्रम आयोजना गर्ने चलन छ । पछिल्लो केही समय यता संघ संस्था र राजनैतीक दल निकट संगठनहरुले पनि  तिज वीशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान गर्ने गरेका छन । dfgdf

नेपालका हिन्दु महिलाहरुले भगवान शीवको पुजा आरधना गरेर मनाउने महत्वपुर्ण चार्ड हो हरीतालीका तिज । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाको दीन पर्ने यो पर्व हिन्दु नारीहरुले नीरहार व्रत बसी शीवालय तथा मन्दिरमा भगवान शीवको पुजा आर्चना गर्ने गर्दछन । शत्ययुगमा हिमालयपुत्री पार्वतीले भगवान शीवलाइ आफ्नो वरको रुपमा पाउँ भनी व्रत बसेसँगै तीजको व्रत बस्ने प्रचलन सुरु भएको किंवदन्ती रही आएको छ । विवाहीत हिन्दु महिलाहरुले श्रीमानको दीर्घायु तथा अविवाहीत महिलाहरुले भगवान शीव जस्तो वर पाउँ भनी यो व्रत बस्ने गर्दछन । तीज निकट समयमा हिन्दु महिलाहरुले आफुलाइ पायक पर्ने स्थानमा भेला भइ गीत संगीतमार्फत दुख सुख साटासाट गर्ने र सगै दर खाने प्रचलन रही आएको छ । विभीन्न संघ संस्था,तथा संगठनहरुले पनी तीजको शुभकामना आदनप्रदान तथा तीज विशेष कार्यक्रमको आयोजना गर्दै आएका छन । यस्तै सुनसरीको इटहरीमा पनी राष्ट्रिय प्रजातान्त्रीक महिला संगठनले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । बिहिवार पार्टीको नगर कार्यलयको प्राङगणमा महिलाहरु भेला भएर नाचगान गर्नुका साथै सुभकामना आदन प्रदान गरेका थिए । Capture 1

श्रृङगार र आभुषणमा सजीएर नाचगान साथै सुखदुख साटासाट गर्नुलाइ यो पर्वको एउटा आकर्षणको रुपमा लीन सकिन्छ । अत, आपसी सद्भाव कायम राख्न र संकृती संरक्षणमा पनी यसले भुमीका खेल्ने गर्दछ । तर परीवर्तीत समयसँगै मौलाएको विकृती तीजको मौलीकता माथी हावी हुनेहोकी भन्ने आशैका उत्पन्न हुन थालेको छ ।