इटहरी । आज श्रावण शुक्लपूर्णिमा रक्षावन्धन तथा जनैपूर्णिमा पर्व देशभर धार्मिक विधिपुर्वक मनाईदै छ  ।

आजकै दिन सुरक्षाको प्रतिकको रुपमा रहेको रक्षाबन्धन बाध्ने गरिन्छ । मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) बाध्ने गरिन्छ ।298194907_1054298958780154_6357587506630755323_n

 यस्तै ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीमा पनि आज विहानैबाट रक्षाबन्धनबाध्नेको भिड लागेको छ । मर्यादाको प्रतिकको रुपमा हरेक बर्ष झँै यस बर्षपनि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले रक्षाबन्धन बाध्ने विशेष कार्यक्रमको आयोजना गरेको छ । दिदि बहिनी नभएका दाजुभाई लगायत सवै सर्वसाधरणहरुलाई बोलाएर रक्षाबन्धन लगाई प्रसाद वितरण गर्दै आएको यस सेवा केन्द्रमा रक्षाबन्धन बाध्नका लागी सुरक्षाकर्मी, नागरिक समाज,सामाजिक संस्थाका व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । 

रक्षावन्ध वाध्न बह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरी , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमवहादुर पौडेल , होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुली , इलाका प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्का,नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापती विमल पौडेल लगायतका पुगेका थिए ।  298226775_1090020121606688_7536715639489419493_n 1

समाजमा दाजुभाई तथा दिदि बहिनीको पवित्र सम्बन्धलाई विखण्डन हुन नदिई आपसी सद्भाव कायम राख्नको लागी मर्यादाको प्रतिक रक्षाबन्धनले महत्वपूर्ण योगदान पुर्याउने भएकाले हरेक बर्ष सामुहिक रक्षाबन्धन कार्यक्रम आयोजना गरिदै आएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालीका सारदा दिदिले जानकारी दिइन  ।

 उनले नेपाली सेना , नेपाल प्रहरी, ट्राफिक प्रहरी सहित एसओ एस बालग्राम र मायाघर तथा विभिन्न संघ सस्थाहरुको कार्यलयमै पुगेर दाजुभाईहरुलाई रक्षाबन्धन दिने समेत वताइन ।298544593_583246186838561_4286615991285135882_n

    तराईमा आ आफ्ना दाजुभाइलाई दिदीबहिनीहरुले आजकै दिन राखी बाँध्ने

चलन छ । दिदि बहिनिहरुले आफ्नो दाजुभाईहरुको दिर्घायुको कमना गर्दै

राखि बाँध्ने परम्परा रहेको छ । बजारमा राखिको खरिद गर्ने तथा विक्रि

गर्नेको भिड लागेको छ ।